उडन्तापुत्र, घर आऊ

Nov 18, 2024

‘तिनको जेठो छोरो…रिसायो ’ —लूका १५:२५, २८

उडन्तापुत्र, घर आऊ उडन्ता पुत्रको दृष्टान्त दुई केटा र तिनीहरूप्रति तिनीहरूका बाबुको प्रेमाको बारेमा छ । कान्छोले आफ्नो बुबाको अपमान गर्यो र सुँगुरको खोरमा पुग्यो । जब ऊ घर फक्र्यो, उसले आफ्नो बाबुको माया बाहेक सबै थोक गुमाइसकेको थियो । तपाईं जोसुकै हुनुहोस् वा तपाईंले जेसुकै गर्नुभभएको होस्– परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंलाई उहाँको परिवारमा चाहनुहुन्छ । येशूले एउटा अचम्मको कुरा बताउनुभयोः ‘त्यो धेरै टाढा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौडेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे’ (पद १०) । प्राचीन हिब्रू संस्कृतिमा दौडनुचाहिँ वृद्ध पुरुषहरूको लागि अपमानजनक कार्य हो भन्ने ठानिन्थ्यो । पुरुषहरूले लामो पोशाक लगाउँथे, र दौडनको लागि त्यसलाई कम्मरतिर तानेर छोटो बनाउनुपथ्र्यो । तर यी बाबुले मानिसहरूले के सोच्छन् त्यसको वास्ता गरेनन् । उनले आफ्नो बरालिएको छोराको वास्ता गरे । दुर्भाग्यवश, उसको दाजुले त्यस्तो महसुस गरेन । के तपाईं बुझ्नुहुन्छ, किन धेरै भाइहरू अझै पनि पर सुँगुरको खोरतिर छन् र चर्चमा प्रवेश गर्न चाहँदैनन् ? किनकि उनीहरू डराउँछन् कि दाजुहरूले उनीहरूलाई प्रेमीलो हातले स्वागत गर्नुको सट्टा न्यायको तुच्छ हातले प्रहार गर्नेछन् । जेठो दाजुले सजाय चाहन्छ, तर बाबुले क्षमा दिन्छन् । जेठो दाजुले दोष लगाउन चाहन्छ, तर बाबुले अनुग्रह दिन्छन् । दाजु बदला चाहन्छ, तर बाबु मेलमिलाप चाहन्छन् । यहाँ शुभ खबर छः तपाईं जतिसुकै तल झर्नुभएको भए तापनि, यो कुरा थाहा पाउनुहोस् कि तपाईं फर्कनुहुँदा तपाईंले आफ्ना स्वर्गीय पितालाई खुल्ला हात र तपाईंप्रति प्रेमिलो ह्दय फैलाएर पर्खिरहनुभएको पाउनुहुनेछ ।यसकारण, आज प्रत्येक बरालिएको र उडन्ता पुत्रलाई यही निमन्त्रण छः आप्mना पिताको घर फर्कीआऊ

आत्मिक भोजनः रोमी १५–१६ यूहन्ना ११:१७–२७ भजन ८ हितोपदेश ३०:५–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...