उत्तम कुराको लागि योजना बनाउनुहोस्, सबैभन्दा खराब कुराको लागि तयार रहनुहोस्

Sep 14, 2024

भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन ।’ -हितोपदेश २७ :१

अप्रत्याशित घटनाहरूले हामीलाई अचानक लडाइदिन सक्छन् । हामीमध्ये कोही तल झर्छौं र बाहिर जान्छौं, अरूहरू फिर्ता उठ्छन् र अगाडि बढ्छन् । तिनीहरूले हारलाई स्थायी रूपमा स्वीकार गर्न इन्कार गर्छन् । तिनीहरू त्यो मानिसजस्तै हुन् जसले भन्यो, म कहिल्यै तल हुन्न, म या त माथि छु, या त म उठ्दैछु ।’ तिनीहरूले जीवनमा घट्ने सबै कुरालाई सिक्ने अनुभवको रूपमा हेर्छन् । कुनै प्रियजन गुमाउनु पीडादायी कुरा हो, तर यो तपाईंको जीवनको हरेक दिनलाई पूणर् रूपमा बाँच्नको लागि जागृत गराउने कुरा पनि हुन सक्छ । जागिर गुमाउनु आघातपूणर् हुन सक्छ, तर यसले तपाईंसँग छन् भनी तपाईंलाई कहिल्यै थाहा नभएका प्रतिभा र क्षमताहरूलाई पनि बाहिर ल्याउन सक्छ । नराम्रो आदत हटाउन संघर्ष गर्दा तपाईंको जीवनलाई पुनः प्राथमिकता दिन र स्वस्थ बानीहरू स्थापित गर्न सकिन्छ । तपाईंले आपतकालीन समयका लागि रूपैयाँपैसा बचत गरेर, नयाँ उत्पादनहरू र प्रविधिहरूबारे कक्षाहरू लिएर, सहायताको लागि तपाईंले कसैलाई बोलाउँदा उसले स्वेच्छाले फोन उठाउनेछ भन्ने निश्चित गर्न आफ्ना सम्बन्ध र सम्पर्कहरूलाई अध्यावधिक गरेर खराब अवस्थाको लागि तयारी गर्न सक्नुहुन्छ । त्यसो गर्नु भनेको गाडीको टायरको हावा खुस्कियो भने त्यसलाई बदल्नको लागि गाडीमा अर्को टायर र औजारहरू राख्नु जस्तै हो । तपाईंले ती सामाग्री उपयोग गर्नु नपरोस् भन्ने आशा त गर्नुहुन्छ, तर तपाईं सडकमा रोकिनुभयो भने तिनीहरूलाई प्रयोग गर्न तयारी अवस्थामा राख्नुहुन्छ । सबैभन्दा महत्त्वपूणर् कुरा, परमेश्वरसँगको आफ्नो सम्बन्धलाई ठिक राख्नुहोस् त्त् यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ । त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले समातेर त्यसलाई थाम्नुहुन्छ’ (भजन ३७ :२३-२४) ।यसकारण उत्तमको लागि योजना बनाएर सबैभन्दा खराबको लागि समेत तयार रहनु बुद्धिमानी हुन्छ ।

आत्मिक भोजनः नहेम्याह ५-७ लूका २१ :२५-३८ भजन ७८ :३२-३९ हितोपदेश २३ :२९-३५

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...