उथलपुथलका वर्षहरूका लागि आफ्ना छोराछोरीलाई तयार पार्नु

Jan 23, 2024

‘तपाईंले मलाई…रच्नुभयो…म भयानक र अद्भूत रीतिले बनाइएको छु ।’ —भजन १३९:१३–१४

तपाईंका छोराछोरीलाई फस्टाउन र आत्मसम्मान प्राप्त गर्नको लागि तिनीहरूले चार वटा कुरा बुझ्नुपर्छः १) परमेश्वरले उनीहरूको बारेमा कस्तो महसुस गर्नुहुन्छ । भजनकार भन्छन्, ‘उहाँको प्रेम अनन्त कालसम्म रहिरहन्छ’ (भजन १३६:१) । तपाईंको बालबालिकाको आत्मिक विकास र परमेश्वरसँग उनीहरूको सम्बन्धको लागि यो कुरा जान्नु अति आवश्यक छ । २) तपाईंले उनीहरूको बारेमा कस्तो महसुस गर्नुहुन्छ । त्यसकारण, उनीहरूलाई थाहा दिनुहोस् कि तपाईंले उनीहरूलाई अनुशासन गर्नु भएतापनि, तपाईंले उनीहरूलाई कहिल्यै इन्कार गर्नुहुने छैन । ३) उनीहरूले आफ्नो बारेमा कस्तो महसुस गर्छन् । हुर्कनुको सबैभन्दा पीडादायी पाटो भनेको आजका किशोर किशोरीहरूका माझमा लगभग विश्वव्यापी बनेको आत्मसम्मानमाथिको प्रहार नै हो । जीवनमा सुरुआत गर्ने मौका पाउनुअगि नै उनीहरूले प्रायः मूर्ख र असफल महसुस गर्छन् । उनीहरूलाई बताउनुहोस् कि उनीहरू अत्यन्तै ठूलो सम्भावना भएका निर्माणाधीन व्यक्ति हुन् । ‘तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो…म भयानक र अद्भुत रीतिले बनाइएको छु’ (भजन १३९:१३–१४) । उनीहरूलाई उनीहरूको ईश्वर–प्रदत्त वरदानहरू पत्ता लगाउन र तिनको विकास गर्न मदत गर्नुहोस् – इलेक्ट्रोनिक्स, कला, संगीत, वा खेतीपाती जस्ता आय आर्जनका कुनै काम समेत । कुनै पनि पेशा, काम वा कला ¤ तपाईंले आफ्नो बच्चालाई के सिकाउनुहुन्छ त्यो त्यति महत्वपूर्ण छैन । मुख्य कुरा यो हो कि उनीहरूले केही सिकिरहेका छन् जसमार्फत उनीहरूले सारा संसारले ‘तिमी को हौ, र तिम्रो महत्व के छ ?’ भनी प्रश्न गरेजस्तो लाग्दा त्यसको सामना गर्न सकून् । यी प्रश्नहरूको जवाफ नभएका किशोर किशोरीहरू जीवनका अत्यन्तै कमजोर समयमा असुरक्षित छोडिन्छन् । त्यसकारण, यस्ता क्षण्हरूको सामना गर्ने सीपहरूको विकास र प्रवद्र्धन गर्नु एक अभिभावकको रूपमा तपाईंले गर्न सक्ने सबैभन्दा बहुमूल्य योगदान हुनसक्छ ।४) उनीहरूका मित्रहरूले उनीहरूकोबारेमा कस्तो महसुस गर्छन् । यदि तिनीहरूले तपाईंका छोराछोरीलाई समर्थन गर्छन् भने, ठिकै छ । तर गर्दैनन् भने पनि, यदि तपाईंले पहिला तीन वटा कुराहरू सही रूपमा गर्नुभएको छ भने, तपाईंका बालबालिका सफल बन्नेछन् ।जीवनका उतारचढावका लागि बालबालिकालाई तयार पार्नु निकै महत्वपूर्ण छ ।

आत्मिक भोजनः दानिएल ११–१२ मत्ती ८:१०–१७ भजन ८९:३८–५२ हितोपदेश ३:१–२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...