उद्धारका गीत (१)

Sep 2, 2024

तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ ।’ -भजन ३२ :७

भजनकारले लेखेका छन्, तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दुःखबाट रक्षा गर्नुहुन्छ । तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ ।’ जब समस्या आउँछ, तपाईं परमेश्वरतर्फ फर्कन सक्नुहुन्छ र उहाँमा लुक्न सक्नुहुन्छ । कसरी? उद्धारका गीतले आफैलाई घेरेर । रुथ वार्ड हेफ्लिनलनले हामीलाई परमेश्वरको उपस्थितिभित्र प्रवेश गर्ने मार्गचित्र दिएकी छिन्, आराधनाको आत्मा नआएसम्म तपाईंले प्रशंसा गर्नुहुन्छ, महिमा नआएसम्म तपाईंले आराधना गर्नुहुन्छ, त्यसपछि तपाईं महिमामा खडा हुनुहुनेछ ।’ अनि त्यहाँ , सबै थोक सम्भव छ ।’ परमेश्वरले यर्मियालाई भन्नुभयो, मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु । ( यर्मिया १ :१२) । यसमा उहाँको त्यो वचन समावेश हुन्छ जब त्यो संगीतमा लिपिबद्ध गरिन्छ । परमेश्वरले राजा शाऊललाई निराशाको पकडमा राख्ने आत्माहरूबाट छुटकारा दिन प्रयोग गर्नुभएको विणा त्यही थियो जुन विणा दाऊदले पहाडहरूमा आफ्ना भेडाहरू चराउँदा परमेश्वरको आराधना गर्न प्रयोग गर्थे । परमेश्वरले आश्चर्यकर्म गराउनको लागि संगीतकारलाई प्रयोग गर्नुभएको त्यो एउटा मात्रै समय थिएन । जब यूदाका मानिसहरू खडेरीको कारण लोप भए, एलीशा, अगमवक्ताले भने, “तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्ति ल्याऊ ।” जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्यो, र तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छः यो बेँसीमा खाल्डै-खाल्डा बनाओ”’ (२ राजा ३ :१५-१६) । परमेश्वरले ती प्रत्येक खाडललाई पानीले भरिदिनुभयो र तिनीहरूलाई तिनीहरूका शत्रुहरूमाथि शानदार विजय दिनुभयो । गायिका जुली टु भन्छिन्ः ’आत्मिक तहमा, संगीतले हाम्रो दिमागलाई पार गर्छ र सिधै हाम्रो ह्दय, प्राण र आत्मामा जान्छ । यसले अरू कुनै पनि ठाउँमा पुग्न नसक्ने ठाउँहरूलाई छुन्छ…आराधनाले स्वर्गको ढोका खोल्छ र परमेश्वरको ह्दयलाई उत्प्रेरित गर्छ ।’यसरी परमेश्वरका उद्धारका गीत गाउनुमा ठूलो आशिष् छ ।

आत्मिक भोजनः यहोशू १-४ लूका १९ :१-१० भजन ८४ हितोपदेश २२ :२४-२६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...