तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए ।’ -प्रेरित १६ :२५
संगीतमा निको पार्ने शक्ति हुन्छ भन्ने कुरामा विज्ञान पनि सहमत छ । आज हामीसँग संगीत चिकित्सकहरू छन् जसले अस्पतालहरू, विशेष आवश्यकता वा अपांगता भएका विद्यार्थीहरू कक्षा कोठाहरू, नर्सिङ होमहरू, र अन्य वातावरणहरूमा बन्दीहरूलाई स्वतन्त्र तुल्याउने ध्वनिहरू बजाउँछन् । अन्यसाथै हार्वर्ड विश्वविद्यालयका अन्वेषकहरूले संगीत चाहिँ मष्तिस्कघात, अल्जाइमर रोग, र समयभन्दा अगि नै जन्मको शारीरिक तनावको लागि निको पार्ने मलम हो भन्ने बताएका छन् । तिनीहरूले यो पनि पत्ता लगाएका छन् कि संगीतले शल्यक्रियाका परिणामहरू सुधार गर्न सक्छ, गुमेको बोली पुनस्र्थापित गर्न मदत गर्छ, क्यान्सर रोगको उपचारका असरलाई कम गर्न सक्छ, दुखाइ कम गर्न सक्छ, निराश भावना सुधार गर्न सक्छ, र अवसादको विरुद्ध लड्न सक्छ । हार्वर्ड युनिभर्सिटीका स्नायुविशेषज्ञ डा. गटफ्रेड स्लागले लस एन्जलस टाइम्स नामक पत्रिकालाई यसो भनेका छन्, संगीतले मस्तिष्कमा वैकल्पिक प्रवेश बिन्दु प्रदान गर्न सक्छ किनभने यसले घाइते वा बिरामी मस्तिष्कमा प्रवेश गर्ने धेरै ढोकाहरू खोल्न सक्छ ।’ उनको अनुसन्धानले देखाउँछ कि संगीतका भागहरू जस्तै कि उतारचढाव, समरसतता, धुन, लय, र भावले मस्तिष्कका विभिन्न भागहरूलाई प्रभाव पर्छन् – मस्तिष्कका त्यस्ता भागहरू जुन बोली, चाल र सामाजिक अन्तरक्रियाको लागि पनि महत्त्वपूणर् छन् । उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाडलबाट उकास्नुभयो’ (भजन १०७ :२०) । त्यसकारण, जब परमेश्वरको प्रशंसा गर्न र उहाँको सृजनात्मक र जीवन परिवर्तन गर्ने वचन व्यक्त गर्न प्रयोग गरिने माध्यम संगीत बन्छ, तपाईंले यसको छुटकारा ल्याउने शक्ति देख्न थाल्नुहुन्छ । पक्कै पनि पावल र सिलासको लागि त्यस्तै भएको थियोः तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए । तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले ।’ (प्रेरित १६ :२५-२६) । आफ्नो मनोबृत्ति बदल्नुहोस, आफ्नो वातावरण बदल्नुहोस, आफ्नो दृष्टिकोण बदल्नुहोस् , आफ्नो परिवेशलाई परिवर्तन गर्नुहोस् । उद्धारका गीतले आफैलाई घेर्न सुरु गर्नुहोस् त्त्
आत्मिक भोजनः यहोशू ५ :१-८ :२९ लूका १९ :११-२७ भजन १०३ :१-१२ हितोपदेश २२ :२७-२९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


