तपाईं इस्राएलका प्रशंसा हुनुहुन्छ ।’ -भजन २२ :३
मौलिक किङ जेम्स बाइबलले भन्दछ, तपाईं इस्राएलका प्रशंसामा वास गर्नुहुन्छ ।’ न्यु किङ जेम्स बाइबलले भन्दछ, तपाईं इस्राएलका प्रशंसामा विराजमान हुनुहुन्छ ।’ तपाईंले भन्नुहोला, कुन अनुवाद सही छ ?’ दुवै सही छन् । वास’ शब्दले आप्mनै घरमा बसेको महसुस गर्ने व्यक्तिलाई चित्रण गर्दछ । अनि विराजमान’ शब्दले शक्ति र अख्तियारको पदमा रहेको व्यक्तिलाई चित्रण गर्दछ, जसले आदेश दिन सक्छ र आफैँ काम कुरा गर्न सक्छ अनि घटना घटाउन सक्छ । त्यसकारण परमेश्वर हाम्रो प्रशंसामा आप्mनै निज घर वा स्थानमा हुनुहुन्छ । उहाँको शक्ति हाम्रो प्रशंसाद्वारा प्रकट गरिन्छ । जब परमेश्वरले संसार सृष्टि गर्नुभयो, उहाँले वचन, अर्थात् आवाजद्वारा त्यसो गर्नुभयो । त्यसकारण, परमेश्वरको शक्ति आवाज वा ध्वनिमार्फत यात्रा गर्न सक्छ । अनि कतिपय ध्वनीहरूले उहाँको ह्दयलाई छुन्छन् । केही ध्वनीहरूले उहाँको उपस्थितिलाई निम्तो दिन्छन् । केही ध्वनीहरूले उहाँलाई कार्य गर्न उत्प्रेरित गर्दछन् । छुटकाराको कुञ्जी, अर्थात् स्वतन्त्र हुने उपाय भनेको परमेश्वरसँगको भेट नै हो । अनि उद्धारका गीतले परमेश्वरसँगको यस्तो भेटको तयारी गर्न सक्छन् । धर्मशास्त्रका यी तीन खण्डलाई ध्यानपूर्वक पढ्नुहोस्ः ओछ्यानमा सुत्दा आ-आफ्नो ह्दयभित्र तलाश गर र शान्त रहो’ (भजन ४ :४) । परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर’ (भजन ३७ :७) । जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ’ (भजन ९१ :१) । ह्दयभित्र तलाश गर्नु , शान्त रहनु,’ विश्राम गर्नु,’ धैर्यपूर्वक प्रतीक्षा गर्नु,’ जो परमप्रधानको शरणमा वास गर्दछ’ जस्ता शब्दहरूमा ध्यान दिनुहोस् । अब आफैलाई परमेश्वरको उपस्थितिलाई भित्र तानिरहेको’ कल्पना गर्नुहोस् । तपाईंका भावनाहरू शान्त छन्, तपाईंको आत्मा परमेश्वरको उपस्थितिप्रति ग्रहणशील बनेको छ, उहाँले के भन्नुहुन्छ तपाईंले त्यो सुन्न सक्नुहुन्छ र आपूmलाई आवश्यक पर्ने कुराहरू उहाँबाट प्राप्त गर्न सक्नुहुन्छ । तपाईंले आफूलाई उद्धारका गीत’ ले घेर्नुभएपछि त्यसो हुन्छ ।
आत्मिक भोजनः यहोशू ८ :३०-१० :४३ लूका १९ :२८-४० भजन १०३ :१३-२२ हितोपदेश २३ :१-३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



