उद्धारका गीत (४)

Sep 5, 2024

हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ ।’ -भजन १०० :२

भजनकारले लेखेका छन्, आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ …उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर । उहाँलाई धन्यवाद चढाओ, र उहाँका नाउँको प्रशंसा गर’ (पद २, ४) । जब तपाईं राजाको नजिक जानुहुन्छ, एक निश्चित मर्यादापालन आवश्यक छ । अनि दाऊदले राजाहरूका राजाको उपस्थितिमा आउनको लागि हामीलाई मर्यादापालनको निर्देशिका दिन्छन्ः उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर ।’ प्रश्नः के चर्चमा तपाईंले व्यक्तिगत रूपमा त्यस्तो अनुभव गर्नुभएको छ ? वा वाद्यवादन बजाउनेहरू, आराधकहरूको दल वा गायकहरूले गाइरहँदा के तपाईं चाहिँ दर्शकको रूपमा उभिएर सुन्नु मात्रै हुन्छ ? हामी सबैलाई प्रशंसामा प्रवेश गर्न’ बोलाइएको छ त्त् आराधना भनेको तपाईंले कानले सुन्नेहुने कुरा मात्रै होइनý तपाईं यसलाई आफ्नो ओठ र आफ्नो ह्दयले व्यक्त गर्नुहुन्छ । जब तपाईं त्यसो गर्न चुक्नुहुन्छ, तब परमेश्वरसँगको सम्बन्ध स्थापित हुँदैन । तपाईंले व्यक्तिगत रूपमा परमेश्वरको आराधना गर्नुपर्छ त्त् अनि तिनीहरू जतिसुकै प्रतिभाशाली र क्षमतावान भए तापनि, अरू कसैले पनि तपाईंको लागि त्यो काम गर्न सक्दैन । तपाईंले भन्नुहोला, तर कहिलेकहीँ मलाई परमेश्वरको प्रशंसा गर्न मन लाग्दैन ।’ बाइबलले भन्दछ, यसकारण हामी परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऔँ । यो प्रशंसा उहाँको नाँउ स्वीकार गर्ने ओठको फल हो (हिब्रू १३ :१५) । परमेश्वर बलिदानी प्रशंसा चाहनुहुन्छ । त्यो के हो त ? तपाईंलाई मन नलागेको बेला पनि परमेश्वरको प्रशंसा गर्नुहोस । तपाईं कठिन समयबाट गुज्रनुहुँदा पनि प्रशंसा गर्नुहोस् । त्यस्तो समयमा पनि प्रशंसा गर्नुहोस जब मानवीय रूपमा भन्नुपर्दा परमेश्वरको प्रशंसा गर्नको लागि तपाईंले एउटै पनि कुराको बारेमा सोच्न सक्नुहुन्न । परमेश्वरको निम्ति, मूल्य चुकाइएको प्रशंसा मात्रै गन्ती हुन्छ । हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ’ (भजन ३४ :१) ।यसकारण, परमेश्वरको महिमा र प्रशंसाका गीत गाउने आदत बसाल्नु लाभदायी छ ।

आत्मिक भोजनः यहोशू ११-१३ लूका १९ :४१-४८ भजन १११ हितोपदेश २३ :४-६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...