म…प्रार्थना गर्दछु कि…हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक ।’ —एफिसी १:१८–१९
गौरवान्वित आमाबाबुले जस्तै, हाम्रा स्वर्गीय पिताले पनि हामीले उहाँको शक्तिद्वारा र उहाँको महिमाको लागि असम्भव कुराहरू गरेको मन पराउनुहुन्छ । र जब तपाईं उहाँको शक्तिमा बलियो भरोसामा जिउनुहुन्छ, तपाईंले त्यस्ता कामहरू गर्नुहुनेछ जुन काम सामान्यतया गर्न सकिँदैनन् । जब तपाईं यसको बारेमा सोच्नुहुन्छ, हामी आफैमा र आप्mनै शक्तिमा परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । हामी उहाँप्रति प्रेम सृजना गर्न सक्दैनौं । हामीले हाम्रोलागि उहाँको प्रेमलाई प्रतिक्रिया मात्रै दिन सक्छौं । यो थाहा पाउँदा हामीलाई स्वतन्त्र तुल्याउँछ । धर्मले परमेश्वरको लागि काम गर्ने कुरामा जोड दिन्छ । तर साँचो ख्रीष्टियन धर्म (इसाईत्व) चाहिँ क्रुसमा ख्रीष्टले हाम्रो लागि जे गर्नुभयो त्यो ग्रहण गर्नु हो । हामीले परमेश्वरको लागि जे गर्छौं त्यो त उहाँले हाम्रो लागि जे गर्नुभएको छ त्यसको प्रतिबिम्ब हो र त्यसप्रति प्रतिक्रिया हो । हामी सबै आश्चर्यकर्म मन पराउँछौं; तर हामी त्यस्तो आश्चर्यकर्म चाहिने परिस्थितिमा रहन मन पराउँदैनौं । तर, आश्चर्यकर्मका लागि यो पूर्वशर्त हो । तपाईंले तबसम्म परमेश्वरको शक्ति अनुभव गर्न सक्नुहुने छैन जबसम्म तपाईं त्यसको आवश्यकता पर्ने परिस्थितिमा हुनुहुन्न । यदि तपाईं उहाँको आत्माले भरिपूर्ण हुन चाहनुहुन्छ भने, उहाँको शक्ति चाहिने परिस्थितितर्फ कदम चाल्नुहोस् । आफ्नै शक्ति र बुद्धिमा हासिल गर्न नसकिने र परमेश्वरद्वारा निर्देशित सपनाको पछि लाग्नुहोस् । त्यसकारण त पावलले यस्तो लेखेः ‘म यो प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक । त्यो शक्ति उहाँको महान् सामथ्र्यको काम नै हो, जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आप्mनै दाहिने बाहुलीपट्टि बसाल्नुभयो’ (पद १८–२०) । आज, परमेश्वर तपाईंले आफ्नो जीवनमा ‘उहाँको शक्तिको असीम महानता’ अनुभव गरेको चाहनुहुन्छ ।
आत्मिक भोजनः १ इतिहास ३:१–४:२३ लूका ११:२९–४४ भजन ७८:६५–७२ हितोपदेश २०:११–१४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



