‘उहाँको शक्तिको असीम महानता’ अनुभव गर्नु

Aug 7, 2024

म…प्रार्थना गर्दछु कि…हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक ।’ —एफिसी १:१८–१९

गौरवान्वित आमाबाबुले जस्तै, हाम्रा स्वर्गीय पिताले पनि हामीले उहाँको शक्तिद्वारा र उहाँको महिमाको लागि असम्भव कुराहरू गरेको मन पराउनुहुन्छ । र जब तपाईं उहाँको शक्तिमा बलियो भरोसामा जिउनुहुन्छ, तपाईंले त्यस्ता कामहरू गर्नुहुनेछ जुन काम सामान्यतया गर्न सकिँदैनन् । जब तपाईं यसको बारेमा सोच्नुहुन्छ, हामी आफैमा र आप्mनै शक्तिमा परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । हामी उहाँप्रति प्रेम सृजना गर्न सक्दैनौं । हामीले हाम्रोलागि उहाँको प्रेमलाई प्रतिक्रिया मात्रै दिन सक्छौं । यो थाहा पाउँदा हामीलाई स्वतन्त्र तुल्याउँछ । धर्मले परमेश्वरको लागि काम गर्ने कुरामा जोड दिन्छ । तर साँचो ख्रीष्टियन धर्म (इसाईत्व) चाहिँ क्रुसमा ख्रीष्टले हाम्रो लागि जे गर्नुभयो त्यो ग्रहण गर्नु हो । हामीले परमेश्वरको लागि जे गर्छौं त्यो त उहाँले हाम्रो लागि जे गर्नुभएको छ त्यसको प्रतिबिम्ब हो र त्यसप्रति प्रतिक्रिया हो । हामी सबै आश्चर्यकर्म मन पराउँछौं; तर हामी त्यस्तो आश्चर्यकर्म चाहिने परिस्थितिमा रहन मन पराउँदैनौं । तर, आश्चर्यकर्मका लागि यो पूर्वशर्त हो । तपाईंले तबसम्म परमेश्वरको शक्ति अनुभव गर्न सक्नुहुने छैन जबसम्म तपाईं त्यसको आवश्यकता पर्ने परिस्थितिमा हुनुहुन्न । यदि तपाईं उहाँको आत्माले भरिपूर्ण हुन चाहनुहुन्छ भने, उहाँको शक्ति चाहिने परिस्थितितर्फ कदम चाल्नुहोस् । आफ्नै शक्ति र बुद्धिमा हासिल गर्न नसकिने र परमेश्वरद्वारा निर्देशित सपनाको पछि लाग्नुहोस् । त्यसकारण त पावलले यस्तो लेखेः ‘म यो प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक । त्यो शक्ति उहाँको महान् सामथ्र्यको काम नै हो, जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आप्mनै दाहिने बाहुलीपट्टि बसाल्नुभयो’ (पद १८–२०) । आज, परमेश्वर तपाईंले आफ्नो जीवनमा ‘उहाँको शक्तिको असीम महानता’ अनुभव गरेको चाहनुहुन्छ ।

आत्मिक भोजनः १ इतिहास ३:१–४:२३ लूका ११:२९–४४ भजन ७८:६५–७२ हितोपदेश २०:११–१४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...