‘परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए ।’ —उत्पत्ति १२:७
जलप्रलय पछि, नोआले गरेको पहिलो काम परमप्रभुको लागि वेदी निर्माण गर्नु थियो । यसको बारेमा विचार गर्नुहोस् । आफू:सँग घर हुनुभन्दा अगि नोआसँग वेदी थियो । हामीमध्ये अधिकांशको घर छ, तर पुरानो जमानाको पारिवारिक वेदी लगभग हराएको छ । अब्राहाम जहाँ–जहाँ गए, उनले एउटा वेदी बनाए । किन ? (१) वेदी प्रार्थना गर्ने ठाउँ हो । बाइबलले बताउँछ कि अब्राहाम ‘जहाँ पहिले वेदी बनाएका थिए त्यहाँ तिनले परमप्रभुका नाउँको पुकारा गरे’ (उत्पत्ति १३:४) । (२) वेदी बलिदान गर्ने ठाउँ हो । ‘परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे’ (उत्पत्ति २२:९) । के अब्राहामले इसहाकलाई बलि दिएको परमेश्वर चाहनुहुन्थ्यो ? होइन, परमेश्वर यति मात्रै जान्न चाहनुहुन्थ्यो, ‘के मैले तिमीसँग मागेको कुनै कुरा दिन तिमी इच्छुक छैनौ, वा तिमीले मलाई भन्दा धेरै प्रेम गर्ने पृथ्वीमा केही छ ?’ परमेश्वरले तपाईंसँग जे छैन त्यो कुरा तपाईंबाट माग्नुहुने छैन, तर तपाईंले आफूसँगै राख्न चाहनुभएको कुरा उहाँले तपाईंबाट प्राय माग्नुहुनेछ । बलिदानीपूर्ण दिने कामले लोभको भावना, अभावको डर र आत्मकेन्द्रित जीवनमा तपाईंको ध्यानमाथि विजय पाउँछ । (३) वेदी भनेको आराधना गर्ने ठाउँ हो । ‘तैंले धूप बाल्नका निम्ति एउटा वेदी बबुल काठको बनाउनु’ (प्रस्थान ३०:१) । जब धूप पग्लियो र धुवाँ उड्यो, यसले परमेश्वरको आराधनालाई प्रतिनिधित्व गर्या। आराधना घनिष्ठताको कार्य होः तपाईंको ह्दय, तपाईंको प्रेम, तपाईंको प्रशंसा, र तपाईंको धन्यवाद परमेश्वरलाई दिने काम हो । बाइबलले यसलाई ‘मिठो बास्ना भएको धूप’ (एफिसी ५:२) भनी वर्णन गर्दछ । त्यसकारण परमेश्वरको आराधना गर्न आज एउटा वेदी बनाउनुहोस् ।
आत्मिक भोजनः १ कोरिन्थी १५–१६ लूका २४:३६–४४ भजन ६० हितोपदेश २५:२१–२२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



