‘मानिसको ह्दयमा के हुन्छ, सो उहाँ स्वयम् जान्नुहुन्थ्यो ।’ —यूहन्ना २:२५
धर्मशास्त्रमा, सबैलाई प्रेम गर्न हामीलाई आज्ञा दिइएको छ, तर सबैलाई विश्वास गर्न त होइन। यस सन्दर्भमा येशू हाम्रो उदाहरण हुनुहुन्छ । ‘उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे । तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नुभएन, किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो…मानिसको ह्दयमा के हुन्छ, सो उहाँ स्वयम् जान्नुहुन्थ्यो’ (पद २३–२५) । यी वचन येशूलाई पछ्याउने भिडको बारेमा होइन तर उहाँका चेला हौं भनी दाबी गर्नेहरूका बारेमा बोलिएका थिए । येशूले आफैलाई तिनीहरूकहाँ दिनुभयो र तिनीहरूसँग समय बिताउनुभयो, तपनि उहाँलाई थाहा थियो कि तिनीहरू सिद्ध छैनन् । उहाँले मानव स्वभाव बुझ्नुहुन्थ्यो, यसकारण उहाँले आफैलाई सम्पूर्ण रूपमा तिनीहरूमाथिको भरोसामा छोडनुभएन । जब तपाईं मानिसहरूमा भरोसा राख्नुहुन्छ जुन भरोसा परमेश्वरमा मात्रै राखिनुपर्छ, तपाईंले आफैलाई निराश बनाउनुहुनेछ । हामी कुनै पनि मानव सम्बन्धमा एक निश्चित दूरीसम्म मात्रै जान सक्छौं† त्यो भन्दा पर, हामीलाई चोट लाग्ने सम्भावना छ । केही मानिसहरूले हामीलाई कहिल्यै चोट पु¥याउँदैनन् भन्ने सोचको पासोमा फस्न सजिलो छ, तर जब तिनीहरूले ती मापदण्डहरू पूरा गर्दैनन्, तब निराशा छाउनेछ । मानिसहरू मूलतः दुई प्रकारका हुन्छन् । पहिलो उपयोगकर्ताहरू हुन् । जबसम्म तपाईंका स्वार्थहरू तिनीहरूसँग मेल खान्छन्, तिनीहरू भरपर्दा हुन्छन् । दोस्रो साँचा मित्रहरू हुन् । ‘एक मित्रले सधैं प्रेम गर्छ, दाजुभाइचाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ’ (हितोपदेश १७:१७) । तर मानवीय कमजोरीको कारण, साँचो मित्रहरूले पनि तपाईंलाई निराश बनाउनेछन् । त्यसकारण यहाँ जिउनका लागि दुई वटा असल नियम छन्ः (१) जब मानिसहरूको कुरा आउँछ, ‘विश्वास गर्नुहोस् तर जाँचद्वारा प्रमाणित गर्नुहोस् ।’ (२) जब परमेश्वरको कुरा आउँछ, ‘आफ्नो सारा ह्दयले परमेश्वरमा भरोसा राख् र तेरो आÇनै समझशक्तिमा भर नपर् । आफ्नासारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ’ (हितोपदेश ३:५–६) ।यसकारण, मानिसको सन्दर्भमा विश्वाससाथै होसियारी जरुरी छ तर परमेश्वरमा निस्फिक्री भरोसा राख्न सकिन्छ ।
आत्मिक भोजनः प्रस्थान १३–१५ यूहन्ना १:४३–५१ भजन १३१ हितोपदेश २६:७–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



