कसैलाई ‘प्रेम’ गर्नुको अर्थ के हो

Jan 11, 2024

‘हामी परमेश्वरमा जिउँदा प्रेम हामीमा सिद्ध भएको हुन्छ ।’ —१ यूहन्ना ४:१७

आजको संस्कृतिमा, ‘प्रेम’ शब्दको अर्थ विभिन्न व्यक्तिहरूको लागि फरक कुरा हुन्छ । तपाईंले आफ्नो पति वा पत्नी, आफ्नो देश, आफ्नो कुकुर, आफ्नो नयाँ मोबाइल फोन र आफ्नो कारलाई प्रेम गर्न सक्नुहुन्छ । तर तपाईंले आफ्नो पति वा पत्नीलाई त्यसरी प्रेम गर्नुहुन्न जसरी तपाईं आफ्नो मोबाइल फोन वा कारलाई प्रेम गर्नुहुन्छ, होइन त ? टेलिभिजन र रंगिन पत्रिकामा देखाइने प्रकारको प्रेम जहाँ तपाईं हल्का रूपमै प्रेममा पर्नु हुन्छ र त्यागिदिनुहुन्छ, त्यो वास्तविक प्रेम होइन, त्यो स्वार्थ र अपरिपक्वता हो । बाइबलको शब्द अगापे प्रेम (परमेश्वरको प्रेम) ले एक शर्तरहित प्रतिबद्धतालाई जनाउँछ जुन अपरिवर्तनीय निर्णयमा जरा गडेको हुन्छ । यसले सधैँ दिन्छ अनि चाहे प्रेमको बदलामा हामीलाई प्रेम गरियोस् या नगरियोस्, यो परिवर्तन हुँदैन । यो त अर्को व्यक्तिको उत्तम हित खोज्नको लागि तपाईंको ह्दयको निर्णय हो, चाहे तिनीहरूले जसरी प्रतिक्रिया देउन् । किंग जेम्स बाइबलका अनुवादकहरूले अगापे भनिने ग्रीक शब्दको अर्थ समेट्ने क्रममा ‘प्रेम’ अर्थ दिने शब्द प्रयोग गर्नुको साथसाथै त्यसलाई लिपिरूपान्तर गर्नका लागि तिनीहरूले प्रायः ‘च्यारिटी’ शब्द पनि रोजे । त्यसो गर्नुको आशयचाहिँ प्रेम एक निःस्वार्थ, बिनाशर्त दिने काम हो भन्ने अवधारणामा जोड दिनु थियो । अनि यस्तो प्रेमले प्रेम गरिएको व्यक्तिप्रति दया, आदर र बफादारी जनाउँछ । ‘यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र विश्वास गर्छौं । परमेश्वर प्रेम हुनुहुँछ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ । न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ । किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छँैं’ (पद १६–१७) । जब हामी हाम्रा भिन्नताहरूमाथि विजयी बन्न सक्छौँ, जब हामी सम्प्रदाय, जाति र संस्कृतिका रेखाहरू पार गर्न सक्छौँ र एकअर्कालाई साँच्चै प्रेम गर्न सक्छौँ, संसार ख्रीष्टतर्फ खिचिन्छ र यसले हामीले के भन्छौँ त्यसमा ध्यान दिन्छ (हेर्नुहोस् यूहन्ना १३:३५) ।यसकारण हामीलाई संसारबाट अलग राख्ने कुरा हाम्रो बोली होइन तर एकअर्काप्रतिको हाम्रो प्रेम हो ।

आत्मिक भोजनः लेवी १५–१७ मत्ती ५:१–१२ भजन ४६ हितोपदेश १:३२–३३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...