‘म…सक्दिनँ, किनभने यो भार मलाई साह्रैचर्को छ ।’ —गन्ती ११:१४
मोशाले गुनासो गरे अनि असन्तुष्टि र धिक्कारका कथाहरू सुने, अनि अति भएपछि उनले परमेश्वरलाई यसो भने, ‘म एकलै यी मानिसहरूको भार सहन सक्दिनँ, किनभने यो भार मलाई साह्रैचर्को छ ।’ अनि परमेश्वर सहमत हुनुभयो । उहाँले मोशालाई सत्तरी जना परिपक्व अगुवाहरू छान्न ‘र तिनीहरू त्यहाँ तेरो साथमा उभिऊन् ’ (पद१६–१७) भन्नुभयो । फलस्वरूप, तिनीहरू प्रतिज्ञा गरिएको भूमिमा पुग्न सके । मोशाजस्तै, ‘योभन्दा बढी म सहन सक्दिनँ’ भन्नु तपाईंका लागि उचित छ । हो, धर्मशास्त्रले भन्दछ, ‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु’(फिलिप्पी ४:१३) । तर त्यसले त्यस्तो समयलाई जनाउँछ जहाँ हामीले विभिन्न परीक्षाहरू र परिस्थितिहरूको सामना गर्छौं अनि त्यहाँ परमेश्वरले हामीलाई मदत गर्नुहुनेछ । यसको अर्थ यो होइन कि हामीले यति धेरै जिम्मेवारीहरू लिनुपर्छ कि हामी थाक्नपुग्छौं । कहिलेकहीँ यो सबै अति धेरै हुन्छ, र यो स्वीकार गर्नु उचित छ । कतिपय कुरालाई नाइँ वा हुन्न भन्नु पनि उचितै हुन्छ, ताकि परमेश्वरले चाहनुभए जसरी तपाईंले जीवनको आनन्द लिन सक्नुभएको होस् । तपाईं अरू कोही जस्तै हुनु वा तिनीहरूसँगसँगै हुने प्रयास गर्नु आवश्यक छैन । परमेश्वरले तपाईंलाई दिनुहुने जिम्मेवारी उहाँले दिनुहुने अनुग्रहभन्दा ठूलो हुँदैन । जसरी हाम्रा मुहारहरू फरक हुन्छन्, त्यसरी नै हाम्रा दानवरदानहरू र परिस्थितिहरू सम्हाल्ने क्षमता पनि फरक फरक हुन्छन् । हामी त्यो व्यक्ति बन्न आवश्यक छ जो परमेश्वरले हामीलाई बनाउनुभयो, अनि यसको लागि हामीले क्षमा माग्नुपर्दैन । परमेश्वरले हामीलाई जे बन्नको लागि बोलाउनुभएको छ, त्यो सबैको जिम्मेवारी हामीले स्वीकार गर्नुपर्छ, अनि उहाँले हामीलाई गर्नको लागि बोलाउनुभएको छ, त्यो सबै काम गर्नुपर्छ । हामीलाई तनाव र दबावको बिरामी बन्न बोलाइएको होइन । त्यसैले यदि तपाईं आफ्नो सीमामा पुग्नुभएको छ भने, परमेश्वरकहाँ जानुहोस् । उहाँले तपाईंलाई योभन्दा स्वस्थ जीवनशैली पत्ता लगाउन मदत गर्नुहुनेछ ।यसकारण कामको बोझ बढी हुन्छ भने नाइँ, म सक्दिनँ भन्नु बुद्धिमानी हुन्छ ।
आत्मिक भोजनः प्रस्थान १६:१–१८ यूहन्ना ६:१–१५ यूहन्ना ६:२५–४० १ कोरिन्थी ११:२३–२४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



