‘हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस् ।’ —प्रस्थान ४:१३
फारोको दरबारमा गएर ‘मेरा मानिसहरूलाई जान दे’ भनी घोषणा गर्न परमेश्वरले मोशालाई बोलाउनुहुँदा, उनले यसो भनेर प्रतिक्रिया जनाए, ‘हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस् ।’ के आज तपाईंले पनि त्यस्तै महसुस गरिरहनुभएको छ ? यदि छ भने, परमेश्वरले मोशालाई भन्नुभएको कुरा यही होः ‘अब जा, म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले के बोल्नुपर्ने हो सो सिकाउनेछु’ (पद १२) । परमेश्वरले तपाईंलाई बोलाउनु हुन्छ भने, उहाँले तपाईंलाई सुसज्जित पनि गर्नुहुन्छ । तर उहाँले त्यो काम पहिल्यै नगर्न सक्नुहुन्छ । कहिलेकहीँ परमेश्वरले भन्नुभएको काम गर्ने क्रममा नै तपाईं तयार हुने काम पनि हुनसक्छ । अनि त्यो कुराले तपाईंलाई त्रसित बनाउन सक्छ । सायद तपाईंले परमेश्वरलाई यसो भनिरहनुभएको छ होला, ‘म मानिसहरूका सामु बोल्न डराउँछु, र तपाईं मैले यो सभाको अगुवाइ गरेको चाहनुहुन्छ ?’ वा, ‘म खासै योग्य छैनँ भने मैले यो जागिरको लागि आवेदन गरेको तपाईं किन चाहनुहुन्छ ?’ तपाईं आफ्नै सोचमा भर पर्न सक्नुहुन्न । परमेश्वरले तपाईंलाई गर्न अह्राउनुुहुने काम गर्न आवश्यक पर्ने योग्यता भनेको उहाँको शक्ति र उहाँको क्षमता मात्रै हो । बाँकी भनेको त काम गर्दागर्दै प्राप्त हुने तालिम नै हो । तपाईंले परमेश्वरमा भरोसा गर्नु र उहाँको प्रेरणामा काम गर्नु मात्रै पर्छ । त्यसको अर्थ तपाईं कहिल्यै डराउनुहुनेछैन भन्ने हुँदैन । तपाईं डराउनु हुनेछ तर यस्तै समयमा आपूmले कल्पना गर्न सक्नेभन्दा परसम्म पैmलन र वृद्धि हुन तपाईंले आफ्नो विश्वासलाई सक्रिय पार्नु पर्छ, अनि तपाईंलाई जे थाहा छ त्यसको आधारमा जे काम गर्नु खाँचो छ त्यो गर्न सुरु गर्नु पर्छ । त्यसो गर्नु पनि धेरै डरलाग्दो हुन सक्छ । तर त्यसो गर्दा तपाईंले आफैलाई परमेश्वरमा अझै बढी आश्रित भएको पाउनुहुनेछ । सम्भवत तपाईंले अरू मानसिहरूलाई धेरै प्रश्नहरू सोध्नु पर्ने हुन सक्छ, कहिलेकहीँ एक पटकभन्दा धेरै पटक । तर सोध्न, गल्ती गर्न, सहायता माग्न, वा आपूmभन्दा अगिको मानिसभन्दा फरक काम गर्न नडराउनुहोस् । यदि परमेश्वरले तपाईंलाई उहाँको काम गर्न बोलाउनुभएको हो भने, त्यो काम गर्न तपाईं उपयुक्त व्यक्ति हुनुहुन्छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्
आत्मिक भोजनः यशैया ३०–३३ यूहन्ना ७:१४–२४ भजन १०४:१–२३ हितोपदेश २८:५–८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



