‘तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ ।’ —मत्ती ६:३२
येशूले भन्नुभयो, ‘पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्’ (पद ३३) । तपाईंले सोध्नुहोला, ‘जब म परमेश्वरको बारेमा सोच्छु , के त्यो प्रार्थना गर्नु जस्तै हो ?’ त्यसो हुन सक्छ । हामी सबै अकथित सञ्चारको शक्तिसँग परिचित छौँ । हामीमध्ये धेरै यस्ता आमाबाबुसँग हुर्केका छौँ जसले आफ्नो इच्छा जान्नको लागि केही बोल्नुपर्दैन । उहाँहरूको आँखाको कुनै निश्चित हेराइ वा कुनै अन्य नबोलिएको संकेत हुन सक्छ । तर हामीलाई के सञ्चार गरिँदैथियो र हामीले कसरी प्रतिक्रिया दिने अपेक्षा गरिएको थियो भन्ने कुरा हामीलाई थाहा हुन्थ्यो । प्रार्थनाले पनि त्यसरी नै काम गर्छ । जब तपाईं परमेश्वरको बारेमा सोच्नुहुन्छ , यो प्रार्थना हो अनि जब परमेश्वरले आफ्ना विचारहरू तपाईंसँग सञ्चार गर्नुहुन्छ, यो उत्तर प्राप्त गरिएको प्रार्थनाको एउटा रूप हो । एउटा सानो केटालाई क्रिसमसको लागि एउटा साइकल चाहिएको थियो, अनि एक रात उसले ठूलो स्वरमा प्रार्थना गर्दै आफूलाई ठ्याक्कै कस्तो प्रकारको र रङको साइकल चाहिएको हो भनी परमेश्वरलाई बताइरहेको थियो । उसकी आमाले भनिन्, ‘छोरा, परमेश्वरले सुन्नका लागि तपाईं चिच्याउनुपर्दैन ।’ उसले जवाफ दियो, ‘मलाई थाहा छ आमा, तर हजुरबुबाले मेरो कुरा सुनेर मलाई त्यो साइकल किनिदिनुहुन्छ कि भनेर चिच्याएको हुँ ¤’ सत्यता के हो भने, परमेश्वरले सुन्नुहोस् भनेर तपाईंले ठूलो स्वरमा बोल्नु पर्दैन, र तपाईंले आफ्नो प्रार्थनाको जवाफ सृजना गर्ने प्रयास गर्न आवश्यक छैन । येशूले भन्नुभयो, ‘तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ ।’ त्यसोभए, किन प्रार्थना गर्न समय निकाल्ने ? किनभने परमेश्वर चाहनुहुन्छ कि तपाईं विश्वाससाथ उहाँकहाँ आउनुहोस्, आफ्ना सबै आवश्यकताहरूका लागि उहाँमा भरोसा गर्नुहोस्, अनि उहाँसँग सम्बन्ध निर्माण गर्नुहोस् । मुख्य कुरा यही हो ¤यसकारण, परमेश्वरसामु मौन प्रार्थना गर्न सिक्नु निकै लाभदायी हुनेछ ।
आत्मिक भोजनः यर्मिया २५–२७ मर्कूस १:९–१५ भजन ३१ हितोपदेश ८:३४–३६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


