कुन कुराले तपाईंलाई विजय पाउनबाट रोकिराखेको छ ?

Dec 21, 2024

‘हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं ।’ —हिब्रू १२:१

प्राचीन ग्रीसमा, खेलाडीहरूले आफ्नो शरीरमा बोझ बाँधेर अभ्यास गर्थे । तर दौडको दिन, जित्नको लागि तिनीहरूले ती बोझहरूलाई हटाउँथे । दौडन र जित्नबाट तपाईंलाई कुन कुराले रोकिरहेको छ ? (१) आपूmलाई अरूसँग तुलना गर्ने कामले ? तपाईंले आपूmलाई कसैसँग तुलना गर्नुपर्ने एक मात्र व्यक्ति तपाईं नै हुनुहुन्छ । तपाईंको उद्देश्य हिजोभन्दा आज उत्तम बन्ने हो । तपाईंले आज सुधार र विकास गर्न के गर्न सक्नुहुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेर त्यसो गर्नुहुन्छ । यदि तपाईंले अक्सर पर्याप्त रूपमा त्यसो गर्नुहुन्छ भने, र यदि आजको तुलनामा हप्ता, महिना, वा वर्ष दिन पहिले तपाईं कस्तो हुनुहुन्थ्यो भनेर तुलना गर्नुहुन्छ भने, तपाईंले आफ्नो प्रगतिबाट प्रशस्त प्रोत्साहन पाउनुहुन्छ । (२)सीमित तुल्याउने विश्वास ? तिनीहरू कसरी हुर्केका थिए त्यसको कारण, वा तिनीहरूले जीवनमा गरेका केही गल्तीहरूको कारण, उनीहरूले महान् कुराहरू पूरा गर्न सक्छन् भन्ने कुरा धेरै मानिसहरूले विश्वास गर्दैनन् । तर मानिसहरूले अनुभव गर्ने सबैभन्दा ठूला सीमितताहरू सामान्यतया तिनीहरू आफैले ल्याएका हुन्छन् । उदाहरणको लागि, यदि तपाईं विदेशी भाषा सिक्न चाहनुहुन्छ तर तपाईंले त्यसो गर्न सक्नुहुन्छ जस्तो लाग्दैन भने के नि ? तपाईंले त्यो त्रुटिपूर्ण विश्वास प्रणालीको पर्दाफास गर्नुभएपछि, त्यो भाषा नसिक्दा त्यसले तपाईंलाई कसरी सीमित तुल्याइरहेको छ भनेर कुरा बुझ्नुहोस् । त्यसपछि तपाईंले त्यो भाषा सिक्दा कस्तो हुनेछ कल्पना गर्नुहोस् । यसले तपाईंलाई कस्तो महसुस गराउनेछ ? यसले तपाईंलाई के गर्न सक्षम बनाउनेछ ? त्यसपछि एक प्रेरणादायक कथन लेख्नुहोस् जसले भाषा सिक्ने तपाईंको क्षमतालाई समर्थन गर्दछ याद राख्नुहोस् कि तपाईं जे हुनुहुन्छ त्यसले तपाईंलाई बाधा गर्ने होइन, बरु तपाईं जे हुनुहुन्न भनी ठानुहुन्छ त्यसले चाहिँ तपाईंलाई बाधा गर्छ । यो प्रतिज्ञा दाबी गर्नुहोस् ‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु’ ( फिलिप्पी ४:१३) । यसको अर्थ हो—परमेश्वरको सहायताद्वारा तपाईंले विजय पाउन सक्नुहुन्छ ।

आत्मिक भोजनः अ्ययूब १५–१७ लूका १:३९–५६ भजन १२ उपदेशक ९:१०–१२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...