‘परमेश्वर…संकष्टमा सधैँ हाजिर रहने सहायता हुनुहुन्छ ।’ —भजन ४६:१
तपाईंको व्यवसाय असफल भइरहँदा, तपाईंले आÇनो सुरक्षाको भावना, आÇनो मनको शान्ति र आÇनो निदाउने क्षमता गुमाउन सक्नुहुन्छ । यसले तपाईंको परिवारलाई पनि असर गर्छ । यदि तपाईं आज त्यहाँ हुनुहुन्छ भने, यी वचनहरू पढ्नुहोस्ः ‘परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैं हाजिर रहने सहायता ।’ एक क्षणको लागि आÇनो मन सफा र शान्त बनाउनुहोस् र यसबारे विचार गर्नुहोस्ः तपाईंको व्यवसायसहित तपाईंसँग भएको सबै थोक परमेश्वरको हो, होइन ? उहाँ मालिक हुनुहुन्छ, अनि तपाईं प्रबन्धक हुनुहुन्छ । त्यसोभए जब समस्या आउँछ, तपाईंसँग उहाँकहाँ मदतको लागि जाने अधिकार (र जिम्मेवारी) छ र उहाँले तपाईंको परिस्थिति सुधार गरिदिनुुहुनेछ भन्ने आशा गर्न सक्नुहुन्छ । जब कसैले पनि माछा पक्रन सकिरहेका थिएनन्, येशूले चेलाहरूलाई डुंगाभरि माछा कता भेट्टाउन सकिन्छ भनी बताउनुभयो । बाइबलले भन्दछ कि परमेश्वरको लागि कुनै पनि थोक कठिन छैन (यर्मिया ३२:२७ हेर्नुहोस्), अनि त्यसमा तपाईंले सामना गरिरहनुभएको समस्या र तपाईंको अहिलेको अवस्था समावेश छ । हितोपदेशका लेखक भन्छन्, ‘आÇनो सारा ह्दयले परमेश्वरमा भरोसा राख् र तेरो आÇनै समझशक्तिमा भर नपर् आÇना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ’ (हितोपदेश ३:५–६) । अनि तपाईं असफल हुनुभएको क्षेत्रमा सफल भएको मित्रको सल्लाहमार्फत उहाँले तपाईंलाई मार्गदर्शन गर्न सक्नुहुन्छः ‘परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन् तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुछन्’ (हितोपदेश १५:२२) । कहिलेकहीँ यसले तपाईंका नीतिहरू, उत्पादनहरू, वा कर्मचारीहरू परिवर्तन गर्ने माग गर्दछ, अनि त्यसका लागि साहस र प्रतिबद्धता चाहिन्छ । तर यदि तपाईंले आÇनो व्यवसायलाई निष्ठा, निष्पक्षता, गुणस्तरीय उत्पादनहरू र उत्तम सेवाको जगमा निर्माण गर्नुभएको छ भने, तपाईंसँग समस्याको समयमा परमेश्वरकहाँ जाने, र उहाँको मदत माग्ने अधिकार छ ।यसकारण संकष्टको समयमा तपाईं परमेश्वरकहाँ जान र उहाँबाट सहायता प्राप्त गर्ने विकास गर्न सक्नुहुन्छ ।
आत्मिक भोजनः १ राजा १८:१६–२०:४३ मत्ती १९:१५–३० भजन ६६:१–१२ हितोपदेश ६:२०–२२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



