के तपाईंको व्यवसाय धरमराउँदैछ ?

Mar 2, 2024

‘परमेश्वर…संकष्टमा सधैँ हाजिर रहने सहायता हुनुहुन्छ ।’ —भजन ४६:१

तपाईंको व्यवसाय असफल भइरहँदा, तपाईंले आÇनो सुरक्षाको भावना, आÇनो मनको शान्ति र आÇनो निदाउने क्षमता गुमाउन सक्नुहुन्छ । यसले तपाईंको परिवारलाई पनि असर गर्छ । यदि तपाईं आज त्यहाँ हुनुहुन्छ भने, यी वचनहरू पढ्नुहोस्ः ‘परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैं हाजिर रहने सहायता ।’ एक क्षणको लागि आÇनो मन सफा र शान्त बनाउनुहोस् र यसबारे विचार गर्नुहोस्ः तपाईंको व्यवसायसहित तपाईंसँग भएको सबै थोक परमेश्वरको हो, होइन ? उहाँ मालिक हुनुहुन्छ, अनि तपाईं प्रबन्धक हुनुहुन्छ । त्यसोभए जब समस्या आउँछ, तपाईंसँग उहाँकहाँ मदतको लागि जाने अधिकार (र जिम्मेवारी) छ र उहाँले तपाईंको परिस्थिति सुधार गरिदिनुुहुनेछ भन्ने आशा गर्न सक्नुहुन्छ । जब कसैले पनि माछा पक्रन सकिरहेका थिएनन्, येशूले चेलाहरूलाई डुंगाभरि माछा कता भेट्टाउन सकिन्छ भनी बताउनुभयो । बाइबलले भन्दछ कि परमेश्वरको लागि कुनै पनि थोक कठिन छैन (यर्मिया ३२:२७ हेर्नुहोस्), अनि त्यसमा तपाईंले सामना गरिरहनुभएको समस्या र तपाईंको अहिलेको अवस्था समावेश छ । हितोपदेशका लेखक भन्छन्, ‘आÇनो सारा ह्दयले परमेश्वरमा भरोसा राख् र तेरो आÇनै समझशक्तिमा भर नपर् आÇना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ’ (हितोपदेश ३:५–६) । अनि तपाईं असफल हुनुभएको क्षेत्रमा सफल भएको मित्रको सल्लाहमार्फत उहाँले तपाईंलाई मार्गदर्शन गर्न सक्नुहुन्छः ‘परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन् तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुछन्’ (हितोपदेश १५:२२) । कहिलेकहीँ यसले तपाईंका नीतिहरू, उत्पादनहरू, वा कर्मचारीहरू परिवर्तन गर्ने माग गर्दछ, अनि त्यसका लागि साहस र प्रतिबद्धता चाहिन्छ । तर यदि तपाईंले आÇनो व्यवसायलाई निष्ठा, निष्पक्षता, गुणस्तरीय उत्पादनहरू र उत्तम सेवाको जगमा निर्माण गर्नुभएको छ भने, तपाईंसँग समस्याको समयमा परमेश्वरकहाँ जाने, र उहाँको मदत माग्ने अधिकार छ ।यसकारण संकष्टको समयमा तपाईं परमेश्वरकहाँ जान र उहाँबाट सहायता प्राप्त गर्ने विकास गर्न सक्नुहुन्छ ।

आत्मिक भोजनः १ राजा १८:१६–२०:४३ मत्ती १९:१५–३० भजन ६६:१–१२ हितोपदेश ६:२०–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...