के तपाईं अयोग्य महसुस गर्दैहुनुहुन्छ ?

Dec 9, 2024

’स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ । हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं ।’ —नहेम्याह २:२०

आफ्ना पर्खालहरू भत्काइएपछि यरूशलेम आफ्ना शत्रुहरूबाट असुरक्षित बनेको थियो । त्यसैकारण, नेहेम्याहले त्यसका पर्खालहरू पुनर्निर्माण गर्न एउटा टोली भेला गरे । यो कामका लागि उनले कुनै तालिम लिएका थिएनन् । उनी वास्तुकार वा निर्माणकर्ता थिएनन् । यरूशलेम धेरै टाढा थियो, र उनी कहिल्यै त्यहाँ गएका पनि थिएनन् । जसरी हेर्दा पनि उनी त्यो कामको लागि अयोग्य थिए । परमेश्वरले उल्लेखनीय तरिकामा प्रयोग गर्नुभएका धेरै मानिसहरूमा त्यो एउटा साझा गुण हो । नोआ एक किसान थिए जसलाई मरुभूमिमा डुंगा बनाउन बोलाइयो । दाऊद एक गोठाला थिए, जसलाई पलिश्ती नायकलाई पराजित गर्न बोलाइएको थियो । नहेम्याह राजाको मद्य टक्र्याउने व्यक्ति थिए, जसलाई यरूशलेमका पर्खालहरू पुनर्निर्माण गर्न बोलाइएको थियो । परमेश्वरको इच्छा पूरा गर्ने सन्दर्भमा, हामीले योगदान गर्न सक्ने कुनै पनि मानवीय क्षमताभन्दा परमेश्वरद्वारा निर्देशित जोश धेरै महत्त्वपूर्ण हुन्छ । वास्तवमा, परमेश्वरले हामीलाई हाम्रो सबैभन्दा ठूलो अक्षमताको बिन्दुमा प्रयोग गर्नुहुन्छ । यसरी उहाँले सबै श्रेय प्राप्त गर्नुहुन्छ । तर यो कुरा बुझ्नुहोस्ः जब परमेश्वरले तपाईंलाई ‘बोझ’ वा ‘जोश’ वा ‘दर्शन’ दिनुहुन्छ, तपाईंसँग छनोट गर्ने विकल्प हुन्छ । नहेम्याहसँग पहिले नै राम्रो जागिर थियो । राजाको मद्य टक्र्याउने व्यक्ति हुनु भनेको तिनको दाहिने हात हुनु जस्तै थियो । उनको जागिर मात्रै सुरक्षित थिएन, उनले आफ्नो पदका सुविधाहरू र विशेषाधिकारहरूको लाभ समेत पाउँथे । उनी जहाँ थिए त्यहीँ बस्न सहज हुन्थ्यो । तर यदि उनले त्यसो गर्न रोजेका भए, उनले परमेश्वरको इच्छा गुमाउने थिए, बाइबलमा उनको नाममा एउटा पुस्तक हुने थिएन, अनि तपाईंले अहिले उनको बारेमा पढिरहनुभएको हुने थिएन । के तपाईं अयोग्य महसुस गर्दैहुनुहुन्छ ? जब परमेश्वरले तपाईंलाई बोलाउनुहुन्छ, उहाँले तपाईंलाई सुसज्जित गर्नुहुन्छ, तपाईंलाई स्रोतसाधनहरू उपलब्ध गराउनुहुन्छ, तपाईंलाई मार्गदर्शन गर्नुहुन्छ, र तपाईंको सफलताको निश्चयता दिनुहुन्छ ।यसकारण, आफ्नैक्षमताको आधारमा आपूmलाई अयोग्य नठान्नुहोस् ।

आत्मिक भोजनः उत्पत्ति ४०–४१ यूहन्ना १८:१–१८ भजन १४७:१२–२० उपदेशक ४:९–१२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...