‘कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे ।’ —अय्यूब ३१:१
जीवनमा केही ढोकाहरू छन् जुन एक पटक खोलिएपछि बन्द गर्न कठिन हुन्छ– अश्लील सामग्री तीमध्ये एक हो । र कुनै पनि दुव्र्यसन जस्तै, एक पटक तपाईं फस्नुभएपछि, आफूलाई सन्तुष्ट तुल्याउनको लागि तपाईंलाई बढ्दो मात्रा चाहिन्छ जबसम्म तपाईं आपूm डुबेको गहिराइबाट चकित र लज्जित बन्नुहुन्न । अनि तथ्यांकगत रूपमा बोल्दा, समाजमा जस्तै चर्चमा पनि उस्तै समस्या छ । येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो, ‘हामीलाई दुष्टबाट छुटाउनुहोस्’ अनि अब त्यो दुष्टताको केही अंश टेलिभिजन र इन्टरनेटमार्फत हाम्रा घरहरूमा पुगेको छ । आमाबाबु हो, आफ्ना छोराछोरीहरूलाई तिनीहरूको दिमाग धमिलो बनाउन र स्वस्थ सम्बन्ध निर्माण गर्ने उनीहरूको सम्भावनालाई हानि पु¥याउन सक्ने कुराहरूबाट बचाउनुहोस् । अनि यदि तपाईं अश्लीलताको लतमा हुनुहुन्छ भने, यो प्रार्थना गर्नुहोस्ः ‘हे प्रभु, मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्’ (भजन ५१:२) । मैले आफैलाई लज्जा र असफलताको लागि खुल्ला राख्ने काम रोक्न मलाई मदत गर्नुहोस् (रोमी १३:१४ हेर्नुहोस्) । म पश्चात्ताप गर्छु र अब तपाईंको मुक्तिको लागि बिन्ती गर्छु । मैले पूरा गर्न खोजेको भावनात्मक आवश्यकताहरू मलाई प्रकट गर्नुहोस्, र मलाई साहस, शक्ति, र तरिकाले तपाईंलाई आदर गर्ने तरिकाले तिनीहरूसँग व्यवहार गर्न बुद्धि दिनुहोस् । म अय्यूबको उदाहरण पछ्याउन चाहन्छु, किनभने उनले पापपूर्ण थोकहरूलाई नहेर्ने, इच्छा नगर्ने वा अभिलाषा नगर्ने आफ्नो आँखासँग करार गरेका थिए । म आफ्नै बलमा यसो गर्न सक्दिनँ । मलाई तपाईंका आत्माले भर्नुहोस् । मलाई कोही त्यस्तो व्यक्ति दिनुहोस् जो मसँग इमानदार बन्न सक्छ भनी विश्वास गर्न सक्छु– त्यस्तो व्यक्ति जसले प्रार्थनामा मसँग यो बोझ बाँडचुँड गर्नेछ र मेरो छुटकाराको लागि विश्वाससाथ प्रार्थना गर्नेछ । मलाई तपाईंप्रति यस्तो चाहना दिनुहोस् जसले सबै लालसायुक्त विचारहरूलाई पार गर्नेछ र नष्ट गर्नेछ । येशूको नाममा प्रार्थना गर्दछु । आमेन ।’यसरी प्रभुप्रतिको चाहनाद्वारा सबै प्रकारका अश्लीलताको लतमाथि विजय प्राप्त गर्न सकिन्छ ।
आत्मिक भोजनः व्यवस्था ३२:२९–३४:१२ मर्कूस ९:१–१३ भजन ६२ हितोपदेश १२:१८–१९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



