‘मैले सूर्यमुनि गरिएका सबै कुराहरू देखेको छु । ती सबै अर्थहीन छन् ।’ —उपदेशक १:१४
के तपाईं सोच्दैहुनुहुन्छ कि तपाईंसँग अझै धेरै रूपैयाँपैसा वा अझै ठूलो सफलता हुन्थ्यो भने, तपाईं खुशी हुनुहुनेछ ? प्रसिद्ध टेनिस खेलाडी बोरिस बेकरले यसो भनेका छन्ः ‘मैले यसअगि दुई पटक प्रख्यात विम्बल्डन प्रतियोगिता जितेको थिएँ, एक पटक चाहिँ सबैभन्दा कान्छो खेलाडीको रूपमा । म धनी थिएँ । मसँग मलाई चाहिने सबै भौतिक सम्पत्तिहरू थिए…यो आत्महत्या गर्ने प्रसिद्ध चलचित्र कलाकार र पप गायकहरूको पुरानो गीत हो । तिनीहरूसँग सबै कुरा छ, तापनि तिनीहरू धेरै दुःखी छन् । मसँग कत्ति पनि भित्री शान्ति थिएन ।’ सोलोमनले पनि त्यही कुरा पत्ता लगाए । ‘सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु । ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र ।’ सोलोमनले धर्म, शिक्षा, रूपैयाँपैसा, सार्वजनिक कार्य परियोजनाहरू, प्रसिद्धि, सृजनशील लेखन, र सुख विलासबाट शान्ति पाउने प्रयास गरेः ‘मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ । कुनै सुख–विलास मेरो ह्दयलाई मैले इन्कार गरिनँ । मेरा सारा कामहरूमा मेरो ह्दय आनन्दित भयो…तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्येक कुरा व्यर्थ थियो । बतासलाई खेदेको जस्तो मात्र रहेछ । सूर्यमुनि केही उपलब्धि भएन’ (उपदेशक २:१०–११) । अन्त्यमा, उपदेशकको पुस्तकको अन्तिम अध्यायमा, सोलोमनले आपूmले खोजेको कुरा फेला पार्छन्ः ‘परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो’ ( उपदेशक १२:१३) । सोलोमनले पत्ता लगाए कि जीवन भौतिक थोकहरूमा होइन तर सम्बन्धहरूको जगमा बनेको छ । अनि तपाईंले कायम राख्नुपर्ने पहिलो र प्रमुख सम्बन्ध भनेको परमेश्वरसँगको सम्बन्ध हो । तपाईंले भन्नुहोला, ‘मैले परमेश्वरलाई कसरी भेट्टाउन सक्छु त ?’ ख्रीष्टद्वारा येशूले भन्नुभयो, ‘बाटो, सत्यता र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउनसक्दैन’ (यूहन्ना १४:६) । आज, तपाईंले येशू ख्रीष्टमा भरोसा राखेर परमेश्वरसँग जीवन परिवर्तन गर्ने सम्बन्ध स्थापना गर्न सक्नुहुन्छ ।
आत्मिक भोजनः लूका १०:३८–४२ यूहन्ना ११:१–४४ यूहन्ना १२:१–
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



