के तपाईं तनावमा हुनुहुन्छ ? (२)

Jun 9, 2024

‘तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डो¥याइनेछौ ।’ —यशैया ५५:१२

तनावसँग व्यवहार गर्नका लागि तीन वटा सिद्ध र प्रभावकारी रणनीतिहरू हेरौँ । (१) आफूलाई रआफ्नो दैनिक कार्य सूचीमा राखेर हेर्नुहोस् । नवीकरण हुन, पुनव्र्यवस्थित हुन र पुनस्र्थापित हुनको लागि दिनको दुई पटक पन्ध्र मिनेट समय तोक्नुहोस् । तनावको स्रोतबाट आफूलाई टाढा राख्नुहोस् चाहे त्यसको लागि केही मिनेट बाहिर निस्कनु र तपाईंको दिमागलाई ताजा बनाउनको लागि यसो छोटो हिँडाइमा जानु नै किन नपरोस् । आफ्नो मनपर्ने गीत गाउनुहोस् वा आपूmलाई शान्त बन्न मदत गर्ने जुनसुकै क्रियाकलाप गर्नुहोस् । र अन्य घटनाहरूले तपाईंलाई व्यस्त बनाउने जोखिम हुँदा दृढ रहनुहोस् । तपाईं महत्वपूर्ण हुनुहुन्छ– आफैलाई मूल्यवान् ठानेर व्यवहार गर्न सिक्नुहोस् । (२) खुशी हुनुहोस् ¤ बाइबलले भन्दछ, ‘परमप्रभुको आनन्द नै तिमीहरूकोे बल हो’ (नेहेम्याह ८:१०), अनि जब तपाईंको आनन्द गुम्छ, तपाईंको शक्ति र सामना गर्ने क्षमता पनि गुम्छ । केही मानिसहरू सोच्छन् कि ख्रीष्टियनहरू सधैँ गम्भीर, हाँसोविहीन र चिहान जस्तै शान्त हुनुपर्छ । तर येशू चिहानबाट बौरी उठ्नुभयो– र त्यो उत्सव मनाउनका लागि संसारमा पाइने सबैभन्दा उत्तम कारणहरूमध्ये एक हो । (३) दिनभरिमा पाँच–मिनेटका तनाव हटाउने अभ्यासका साथ तपाईंका कडा मांसपेशीहरूलाई विश्राम दिनुहोस् । सोच्न छोड्नुहोस् र हिँडडुल गर्नुहोस् ¤ जिउ तन्काउनुहोस्, निहुरिनुुहोस्, आफ्नो तनावपूर्ण काँधहरू यताउता घुमाउनुहोस्, कुकुरको पछि दौडनुुहोस्— तपाईंको दिमागले एक सानो विश्राम लिँदा तपाईंको शरीरभरि पुनर्ताजगी दिने रगत बहन दिनुहोस् । भ्याकुम क्लिनर चलाउँदै घरको काम गर्दा प्रशंसाको संगीत र यताउता सर्ने नृत्य सुरु गर्नुहोस्…स्टोभमा खाना पकाउँदा त्यस्तै मिल्ने नृत्य गर्नुहोस्… अनि किराना पसलतिर सामान किनमेल गर्दा अलि छिटोछरितो प्रकारको चालमा नाच्नुहोस् ¤ शारीरिक क्रियाकलापले तपाईंको मस्तिष्कलाई बेटा–एन्डोर्फिन नामक हर्मोन निस्कासन गर्न सक्रिय बनाउँछ, जसले तपाईंलाई शान्त बन्न मदत गर्छ । तपाईं तनावमा जिउनका लागि सृष्टि गरिनुभएको थिएन । बाइबलले भन्दछ, ‘तिमीहरू आनन्दसाथ जानेछौ र शान्तिमा डो¥याइनेछौ ।’ अनि त्यो सिधै उहाँको मुखबाट आएको वचन हो जसले तपाईंलाई सृष्टि गर्नुभयो र उद्धार गर्नुभयो ।

आत्मिक भोजनः मत्ती ५:३ लूका १८:९–१४ यशैया ५७:१४–२१ २ शमूएल ७:१८–२९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...