‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस् ।’ —यूहन्ना १६:३३
तनाव क्रिप्टोनाइट (सुपरम्यान नामक काल्पनिक पात्रलाई शक्तिहीन तुल्याउने पदार्थ) जस्तै हो, अनि यसले तपाईंलाई ढाल्नेछ र तपाईंलाई कमजोर र बेकामको बनाउनेछ । त्यसो हो भने तपाईंले के गर्नुपर्छ ? (१) आफ्नो थकानलाई डुबाउनुहोस् । आनन्दले नुहाउनुहोस् । खलल पानी खन्याउँदा मात्रै पनि थकान पखाल्न र सास फेर्न अवसर नपाएका तपाईंको शरीरका तन्तुहरू र मस्तिष्कका कोशिकाहरूलाई पुनर्जीवित गर्न मदत गर्न सक्छ । त्यो क्षणलाई महसुस गर्नुहोस् र तपाईंको छालामा पानीको ताजा तुल्याउने छुवाइमा ध्यान केन्द्रित गर्नुहोस्† यसलाई तपाईंको आत्मासम्म ताजगी फैलाउन अनुमति दिनुहोस् । तपाईंले भन्नुहोला, ‘यो त्यति आत्मिक कुरा जस्तो लाग्दैन ।’ तपाईंले कहिल्यै देख्नुहुने भन्दा बढी समस्यामा परेका अ्ययूबका मित्र सोफरले अ्ययूबलाई जे भने, त्यो कुरा तपाईंसँग असहमत हुनेछन्ः ‘तब तपाईंले आफ्नो दुःख बिर्सनुहुनेछ । बगेर गएको पानीझैँ त्यो तपाईंले सम्झनुहुनेछ’ (अ्ययूब ११:१६) । (२) मदत माग्नुहोस् ¤ जिम्मेवारी र कामधन्दाहरू बाँडफाँड गर्नुहोस् । जब सबैले आ–आफ्नो भागको काम गर्छन, कोही पनि थकानले रित्तिँदैन । ‘एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन् । यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा’ (उपदेशक ४:९–१०) । (३) सिद्धतावाद छोडिदिनुहोस् । येशूबाहेक कोही पनि सिद्ध छैन, अनि तपाईं उहाँ हुनुहुन्न । कतिपय कुरालाई जान दिनुहोस् । भोलि, केही थप कुरा छोडिदिनुहोस् । समय बित्दैजाँदा, ती कामहरूले तपाईंलाई सताउन छोड्ने छन्, अनि तपाईंले साँच्चै आफ्नो पेटभित्रको तनाव कमजोर भएर गएको महसुस गर्नुहुनेछ । तपाईं कहिल्यै पनि तनावबाट पूर्णरूपमा मुक्त हुनुहुने छैन तर तपाईंले यसको सामना गर्न र यसलाई जित्न सिक्न सक्नुहुन्छ । येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस् । संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु’ (यूहन्ना १६:३३) ।तपाईं तनावमा जिउनको लागि सृष्टि गरिनुभएको थिएन, त्यसकारण आजै यसको समाधान खोज्नुहोस् ।
आत्मिक भोजनः इजकिएल १६:५३–१९:१४ मर्कूस १४:५३–६५ भजन १ हितोपदेश १४:२९–३२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


