‘तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ ।’ —अ्ययूब ११:१५
जब तपाईं चेताउनीका संकेतहरूलाई बेवास्ता गर्नुहुन्छ, लामो समयदेखिको तनावले तपाईंको शरीरलाई हानि गर्न सक्छ । त्यसो हो भने, त्यस्ता केही संकेतहरू के हुन् त ? यस विषयमा भर्खर बुभ्mन सुरु गर्नेहरूका लागि कुनै पनि प्रकारको विवाद वा असहमतिमा तपाईंको पेट हुँडलिन्छ । जब तपाईंले गुम्सिएर रहेका भावनाहरूको लागि निकास फेला पार्न सक्नुहुन्न, तपाईं धेरै खाने, धुम्रपान, मद्यपान, लागूपदार्थ र सामान्यतया आफ्नो शरीरको दुरूपयोग जस्ता नकारात्मक क्रियाकलापतिर लाग्नुहुन्छ । तपाईंले आफैलाई अरूबाट अलग गर्नुहुन्छ जसले तपाईंका प्रियजनहरूलाई असर गर्छ । डेबोरा एम. कोटी नामक हास्यव्यंग्यकारले तनावका तीन वटा संकेत बताएकी छिन्ः ‘बाहिरतर्फ गनगन, भित्रपट्टि रिसले भुनभुन र दीर्घ थकान’ । तिनले यस्तो भनेकी छिन्, ‘मलाई थाहा थियो कि यो मेरो तनावका समस्याहरू सम्बोधन गर्ने समय हो जब मेरा रिसका घुर्घुराहटहरू कुकुरका भन्दा ठूला भए र मेरो परिवारले रेबिजको खोप लगाउन मलाई कुटनीतिक शैलीमा सुझाव दियो ।’ तथापि, तपाईंले नदेखेका संकेतहरूले चाहिँ सबैभन्दा बढी क्षति गर्न सक्छन् । तनावको क्षणमा हाम्रो शरीरले सृजना गर्ने कोर्टिसोल नामक हर्मोनले शक्तिहीनता र निराशाको अनियन्त्रित भावना जगाउँछ । अनि अध्ययनहरूले प्रमाणित गर्छन् कि समयसँगै, दबावले तपाईंको रक्तचाप बढाउँछ, माइग्रेन र तनावको कारण टाउको दुखाइ बढाउँछ र पत्रपत्र सृजना गर्छ जसले मुटु रोग निम्त्याउँछ । दीर्घकालीन तनावले ह्दयाघातको जोखिम झण्डै ५० प्रतिशतले बढाएको पाइएको छ ¤ मद्यपान, चिन्ता, दम, क्यान्सर, रुघाखोकी, अवसाद, फ्लु, अनिद्रा, मोटोपना, मष्तिस्कघात र अल्सरसँग यसको सम्बन्धको चर्चा नगर्दा समेत । अनि तपाईंले थकित हुँदा अनियन्त्रित रोइकराइका क्षणहरू कुनै संयोग होइनन् । तनावले एस्ट्रोजेनको स्तर कम गर्छ जसले भावनात्मक विष्फोटलाई सक्रिय गर्न सक्छ । यदि तपाईंमा यस्ता लक्षण छन् भने, यसबारे केही गर्नुहोस् ¤ आफ्ना प्राथमिकताहरू पुनव्र्यवस्थित गर्नुहोस्, गति कम गर्नुहोस्, आफ्नो जीवनलाई नियन्त्रणमा लिन सुरु गर्नुहोस्, र परमेश्वरतर्फ फर्कनुहोस् । जब तपाईंले ‘आफ्नो ह्दय ठिक बाटोमा लगाउनुहुन्छ र आफ्ना हात उहाँतिर पसार्नुहुन्छ…तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ’ (पद १३, १५) ।
आत्मिक भोजनः इजकिएल १४:१–१६:५२ मर्कूस १४:४३–५२ भजन १२९हितोपदेश १४:२५–२८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



