के तपाईं तनावमा हुनुहुन्छ ? (१)

Jun 8, 2024

‘तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ ।’ —अ्ययूब ११:१५

जब तपाईं चेताउनीका संकेतहरूलाई बेवास्ता गर्नुहुन्छ, लामो समयदेखिको तनावले तपाईंको शरीरलाई हानि गर्न सक्छ । त्यसो हो भने, त्यस्ता केही संकेतहरू के हुन् त ? यस विषयमा भर्खर बुभ्mन सुरु गर्नेहरूका लागि कुनै पनि प्रकारको विवाद वा असहमतिमा तपाईंको पेट हुँडलिन्छ । जब तपाईंले गुम्सिएर रहेका भावनाहरूको लागि निकास फेला पार्न सक्नुहुन्न, तपाईं धेरै खाने, धुम्रपान, मद्यपान, लागूपदार्थ र सामान्यतया आफ्नो शरीरको दुरूपयोग जस्ता नकारात्मक क्रियाकलापतिर लाग्नुहुन्छ । तपाईंले आफैलाई अरूबाट अलग गर्नुहुन्छ जसले तपाईंका प्रियजनहरूलाई असर गर्छ । डेबोरा एम. कोटी नामक हास्यव्यंग्यकारले तनावका तीन वटा संकेत बताएकी छिन्ः ‘बाहिरतर्फ गनगन, भित्रपट्टि रिसले भुनभुन र दीर्घ थकान’ । तिनले यस्तो भनेकी छिन्, ‘मलाई थाहा थियो कि यो मेरो तनावका समस्याहरू सम्बोधन गर्ने समय हो जब मेरा रिसका घुर्घुराहटहरू कुकुरका भन्दा ठूला भए र मेरो परिवारले रेबिजको खोप लगाउन मलाई कुटनीतिक शैलीमा सुझाव दियो ।’ तथापि, तपाईंले नदेखेका संकेतहरूले चाहिँ सबैभन्दा बढी क्षति गर्न सक्छन् । तनावको क्षणमा हाम्रो शरीरले सृजना गर्ने कोर्टिसोल नामक हर्मोनले शक्तिहीनता र निराशाको अनियन्त्रित भावना जगाउँछ । अनि अध्ययनहरूले प्रमाणित गर्छन् कि समयसँगै, दबावले तपाईंको रक्तचाप बढाउँछ, माइग्रेन र तनावको कारण टाउको दुखाइ बढाउँछ र पत्रपत्र सृजना गर्छ जसले मुटु रोग निम्त्याउँछ । दीर्घकालीन तनावले ह्दयाघातको जोखिम झण्डै ५० प्रतिशतले बढाएको पाइएको छ ¤ मद्यपान, चिन्ता, दम, क्यान्सर, रुघाखोकी, अवसाद, फ्लु, अनिद्रा, मोटोपना, मष्तिस्कघात र अल्सरसँग यसको सम्बन्धको चर्चा नगर्दा समेत । अनि तपाईंले थकित हुँदा अनियन्त्रित रोइकराइका क्षणहरू कुनै संयोग होइनन् । तनावले एस्ट्रोजेनको स्तर कम गर्छ जसले भावनात्मक विष्फोटलाई सक्रिय गर्न सक्छ । यदि तपाईंमा यस्ता लक्षण छन् भने, यसबारे केही गर्नुहोस् ¤ आफ्ना प्राथमिकताहरू पुनव्र्यवस्थित गर्नुहोस्, गति कम गर्नुहोस्, आफ्नो जीवनलाई नियन्त्रणमा लिन सुरु गर्नुहोस्, र परमेश्वरतर्फ फर्कनुहोस् । जब तपाईंले ‘आफ्नो ह्दय ठिक बाटोमा लगाउनुहुन्छ र आफ्ना हात उहाँतिर पसार्नुहुन्छ…तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ’ (पद १३, १५) ।

आत्मिक भोजनः इजकिएल १४:१–१६:५२ मर्कूस १४:४३–५२ भजन १२९हितोपदेश १४:२५–२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...