के तपाईं सेवानिवृत्तिको बारेमा चिन्तित हुनुहुन्छ ?

May 29, 2024

‘फिक्री नगर…यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन् ।’ —मत्ती ६:३१, ३३

पचास वर्षभन्दा माथिका अमेरिकीहरूबारे एउटा सर्वेक्षण गरिएको थियो, अनि तिनीहरूमध्ये आधाको सेवानिवृत्ति कोषमा तीस हजार डलरभन्दा कम थियो । हामी सबै लामो समय बाँचिरहेका छौं, यसको अर्थ (क) धेरै मानिसहरू जिउनको लागि सरकारमा निर्भर हुनेछन्, र (ख) सेवानिवृत्त हुने योजना बनाएका धेरै मानिसहरूले पछिसम्म पनि काम गरिरहनुपर्नेछ । अनि यो अमेरिकाको मात्रै समस्या होइन, यो विश्वव्यापी समस्या हो । त्यसोभए, तपाईंले के गर्नुपर्छ ? (१) आफूले सक्ने ठाउँमा खर्च कटौती गर्नुहोस् र थप बचत सुरु गर्नुहोस् । ‘बुद्धिमान् मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ’ (हितोपदेश २१:२०) । (२) तपाईं अहिले कस्तो अवस्थामा हुनुहुन्छ, अनि सेवानिवृत्तिको समयमा हुने आय र व्ययको सम्भाव्य स्तरको मूल्यांकन गर्न मदत गर्न एक वित्तीय योजनाकार पत्ता लागउनुहोस् । यसरी तपाईंले आफ्नो वित्तीय लक्ष्यहरूको निम्ति उपयुक्त योजना बनाउन सक्नुहुन्छ । ‘धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ तर दुष्ट मानिसको कमाइले दुःख ल्याउँछ’ (हितोपदेश १५:६) । (३) आफ्नो आर्थिक स्रोतद्वारा परमेश्वरको आदर गर्नुहोस् । ‘आफ्नो धन–सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर्, तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्, र तेरा भाँडाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्’ (हितोपदेश ३:९–१०) । दशांशले परमेश्वरको आशिष् ल्याउँछ ¤ (४) परमेश्वरले तपाईंको वास्ता गर्नुहुन्छ भनी उहाँमा भरोसा राख्नुहोस् । ‘“के खाऔंला?” कि “के पिऔंला?” कि “के पहिरौंला?” भनेर फिक्री नगर । किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छँ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन् । यसकारण भोलिको निम्ति फिक्री नगर’ (मत्ती ६:३१–३४) । यसकारण, निष्कर्ष यही होः आफ्नो जीवनका उत्तरार्धका बारेमा तपाईंले परमेश्वरमा भरोसा राख्न सक्न्ुहुन्छ ।

आत्मिक भोजनः गलाती १–३ मर्कूस १२:१–१२ भजन १२८ हितोपदेश १३:१७–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...

Influenced by the Message of Hope

We received the following testimonies from the team in Nepal about how people are being influenced and encouraged by the daily devotion. Greetings I...

For Preparing and Saving

For Preparing and Saving

We received the following Testimonies from Tomu who leads UCB Fiji... A PASTORS SERMON I've also received word that a local pastor of a Methodist...