के प्रभुले तपाईंलाई उहाँको कामको लागि बोलाउन सक्नुहुन्छ ?

Aug 23, 2024

‘तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया ।” तिनले भने, “प्रभु, हाजिर छु ।”’ —प्रेरित ९:१०

टार्ससका शाऊललाई ख्रीष्टमा डो¥याउन परमेश्वरले हननियालाई किन प्रयोग गर्नुभयो ? किनभने उनी सही ठाउँमा, सही समयमा, सही सन्देश र सही मनोवृत्तिको साथ सही मानिस थिए । ‘दमस्कसमा हननिया नाउँ भएका एक जना चेला थिए । तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया ।” तिनले भने, “प्रभु, हाजिर छु ।” तब प्रभुले तिनलाई भन्नुभयो, “उठ, र सीधा नामक गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस–निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन् ।” तब हननिया गएर त्यस घरभित्र पसे, र तिनीमाथि आप्mना हात राखेर भने, “भाइ शाऊल”’ (पद१–११, १७) । त्यसकारण प्रश्न यहाँ छः यदि उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईंको खाँचो प¥यो भने, के तपाईं तयार हुनुहुन्छ ? तपाईं इच्छुक हुनुहुनेछ ? यो कुनै सजिलो जिम्मेवारी थिएन किनभने शाऊल ख्रीष्टियनहरूलाई कैद गरेको र हत्या गरेको कारण कुख्यात थिए । तर जब परमेश्वरले हननियालाई ‘जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्’ (पद १५) भन्नुभयो, तिनले परमेश्वरमा भरोसा राखे र गए । यहाँ, ‘तिनीमाथि आप्mना हात राखेर भने, “भाइ शाऊलभन्ने शब्दहरूमा ध्यान दिनुहोस्। । हननियालाई शाऊलसँग डराउने र उनलाई घृणा गर्ने अधिकार थियो । तापनि तिनले उनलाई भाइ भने । हननियाले पुरानो शत्रुलाई अहिले परमेश्वरको उद्धार गरिएको परिवारको हिस्सा भएको स्वीकार गरे । अनि तपाईंले त्यो गर्न पनि सिक्नुपर्छ । जब परमेश्वरले कसैलाई आफ्नो सन्तान भन्नुहुन्छ, तपाईंले तिनीहरूलाई प्रेम गर्नुपर्छ, तिनीहरूलाई स्वीकार गर्नुपर्छ, र तिनीहरूलाई ख्रीष्टमा आफ्नोभाइ वा बहिनीको रूपमा व्यवहार गर्नुपर्छ । त्यसकारण हामी सुरुको प्रश्नमा फर्कौंः यदि आज उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईंको खाँचो प¥यो भने, के तपाईं तयार हुनुहुन्छ ?तपाईं उहाँको लागि तयार हुन सक्नुहुन्छ र तपाईं तयार हुनु आवश्यक पनि छ ।

आत्मिक भोजनः २ इतिहास १६–१८ लूका १६:१–१८ भजन ११९:१०५–११२ हितोपदेश २१:२८–३१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...