कोमल ह्दयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस्

Dec 20, 2024

‘एक–अर्काप्रति कोमल मनका र दयालु होओ ।’ —एफिसी ४:३२

अत्याधिक बिक्री भएको पुस्तक अत्यन्तै सफल मानिसहरूका ७ वटा आदतका लेखक स्टेफेन कोवेले न्यूयोर्कको सबवे (सडकमुनिको बाटो)मा आपूmले भोगेको अनुभवको वर्णन गरेका छन् । एक जना मानिस र तिनका छोराछोरीहरू ट्रेनमा चढे, र बच्चाहरू यति चर्को स्वर गर्ने र अनियन्त्रित थिए, तिनीहरूले पूरै रेललाई बाधा सृजना गरिदिए । त्यो परिस्थितिबारे बेखबर त्यो मानिस कोवेको छेउमा बस्यो । अन्त्यमा कोवेले भने, ‘महाशय, तपाईंको बच्चाहरूले धेरै मानिसहरूलाई बाधा दिइरहेका छन् । तपाईंले तिनीहरूलाई अलि बढी नियन्त्रण गर्न सक्नुहुन्थ्यो कि ? त्यो मान्छे चकित देखिन्थ्यो । त्यसपछि उसले भन्यो, ‘अहो, तपाईंले सही भन्नुभयो । मलाई लाग्छ कि मैले यसको बारेमा केही गर्नुपर्छ । हामी भर्खरै अस्पतालबाट आएका हौं जहाँ करिब एक घण्टा अगि उनीहरूकी आमाको मृत्यु भयो । के सोच्ने मलाई थाहा छैन, र मलाई लाग्छ यसलाई कसरी सम्हाल्ने उनीहरूलाई पनि थाहा छैन ।’ कोवेको धारणा तुरुन्तै परिवर्तन भयो । यसलाई पछि फर्केर हेर्दा, उनले स्वीकार गरे कि उनले एक बहुमूल्य पाठ सिकेः अरूबाट बुझिन खोज्नुअगि अरूलाई बुझ्न खोज्नुपर्छ । कहिलेकहीँ हामीलाई रिस उठाउने र चोट पु¥याउने मानिसहरूले त्यसो गर्छन् किनभने तिनीहरू आफै पीडामा छन् । तिनीहरूले त्यस्ता समस्याहरूको सामना गरिरहेका छन् जसको बारेमा हामीलाई थाहा छैन । अनि तिनीहरूले प्रहार गर्नुचाहिँ व्यक्तिगत निराशाको बाँध फुट्नु मात्रै हो । यसका लागि तिनीहरूका वचन र कार्यहरूभन्दा परसम्म हेर्नु अनि तिनीहरूको ह्दय हेर्न प्रयास गर्नुपर्छ र यसो गर्न कठिन हुन्छ जब तपाईं आफ्नैबारेमा केन्द्रित हुनुहुन्छ । बाइबलले यसलाई यसरी सम्बोधन गर्छः ‘सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ । जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक–अर्काप्रति कोमल मनका र दयालु होओ’ (पद ३१–३२) । तपाईं जोसँग बस्नुहुन्छ र काम गर्नुहुन्छ, तिनीहरूप्रति तपाईं ठुस्किने गर्नुभएको छ भने, तपाईंको लागि आजको वचन होः कोमल ह्दयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् ।

आत्मिक भोजनः अ्ययूब ११–१४ लूका १:२६–३८ भजन ६७ उपदेशक ७:१९–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...