क्षयको नियम

Jun 30, 2024

‘जहाँ दर्शन–प्रकाश छैन, त्यहाँ मानिसहरू भाँडिन्छन् ।’ —हितोपदेश २९:१८

एक जना पास्टरले यस्तो लेखेका छनः ‘थर्मोडाइनामिक्सको दोस्रो नियमले यो भौतिक सत्यता बताउँछः यदि तिनीहरूलाई आफ्नै अवस्थामा छोडिदिने हो भने, ब्रहृमाण्डमा भएका सबै थोक अस्तव्यस्तता र क्षयतर्फ जान्छन् । कारहरूमा खिया लाग्छ । खाना सड्छ…यसलाई एन्ट्रोपी अर्थात् क्षयको नियम पनि भनिन्छ । अनि यस्तो क्षयलाई रोक्ने एक मात्र तरिका यसको प्रतिरोध गर्न बाहिरी ऊर्जा स्रोत परिचालन गर्नु हो । यसको लागि प्राविधिक शब्द नेगेन्ट्रोपी अर्थात् अक्षय हो । यसको लागि फ्रिज एक राम्रो उदाहरण हो । तपाईंले यसलाई बिजुलीको स्रोतमा जोड्नुहुन्छ, अनि यसले चिसो हावा उत्पँन गर्छ जसले खानालाई सड्नबाट बचाउँछ । यदि फ्रिज यसको ऊर्जा स्रोतबाट विच्छेद भयो भने, फेरि क्षयले कब्जा गर्नेछ र फ्रिजभित्रका चिजहरू दुर्गन्धित हुनेछन् । जब हामी परमेश्वरसँग विच्छेद हुन्छौँ तब के त्यस्तै हुँदैन र ? जीवन क्षय र अराजकतर्फ जान्छ । त्यसो हो भने हामीले हाम्रो क्षयीकरण हुने प्रवृत्तिमाथि कसरी विजय पाउन सक्छौं ?…सोलोमन यस्तो जवाफ दिन्छन्, “जहाँ दर्शन–प्रकाश छैन, त्यहाँ मानिसहरू भाँडिन्छन् ।” यदि पाप क्षय हो भने, हाम्रो ऊर्जालाई परमेश्वरको आकारको दर्शनमा लगानी गर्नु नै त्यसको जवाफ वा अक्षय हो । नाशको अंग्रेजी समकक्षी शब्द हिब्रू शब्द पाराबाट आएको हो, जसको उचित अनुवाद क्षय नै हुन्छ । सायद चर्चका धेरै समस्याहरू पापको प्रचुरताबाट होइन तर दर्शनको अभावबाट आएका हुन् कि ? हाम्रो आशय त्यहाँ पापका समस्याहरू छैनन् वा ती समस्याहरूसँग व्यवहार गर्नु आवश्यक छैन भन्ने होइन । तर अधिकांश सन्दर्भमा, चर्चहरूलाई व्यस्त राख्नको लागि पर्याप्त दर्शन छैन । हाम्रो दर्शन हाम्रो सारा ऊर्जा माग गर्ने गरी पर्याप्त ठूलो छैन, त्यसैले हामी आपूmलाई व्यस्त राख्न ससाना समस्याहरूमा ध्यान केन्द्रित गर्छौं । व्यक्तिगत स्तरमा पनि त्यस्तै हुन्छ । यदि हामीसँग परमेश्वरले हामीमा र हामीमार्फत के गर्न चाहनुहुन्थ्यो भन्नेबारे ठूलो दर्शन हुन्थ्यो भने, हाम्रा समस्याहरू कम हुनेछन् किनभने हामी आफैभन्दा ठूलो उद्देश्यका निम्ति समर्पित हुन्छौँ ।’यसकारण क्षय र अस्तव्यस्ततामाथि विजय पाउन आज परमेश्वरबाटको दर्शनको खोजी गर्नु बुद्धिमानी हुनेछ ।

आत्मिक भोजनः मत्ती ५:६ यशैया ५५:१–७ भजन ६३:१–५ यूहन्ना ४:१–३४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...