‘तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो…।’ —१ कोरिन्थी १५:४
येशू मृतकबाट जीवित भई उठ्नुभयो भन्ने तथ्यमा विश्वास गर्नुहोस् ¤ यहाँ यसका दुई वटा प्रमाण छन्ः (१) प्रभुको दिन । हजारौँ वर्षसम्म, हिब्रू मानिसहरूले आÇनो सबाथ सिद्धान्तलाई कायम राखेका थिए । त्यसपछि पछि गएर, यहूदीबाट ख्रीष्टयन बनेका मानिसहरूको समूहले आराधनाको दिनलाई सातौं दिनबाट पहिलो दिनमा परिवर्तन गरे ¤ जुन परम्परालाई उनीहरूले त्यति बलियो रूपमा पालन गरेका थिए, त्यसलाई त्याग्नुको कारण के हुन सक्थ्यो ? ख्रीष्टको पुनरुत्थान, जुन हप्ताको पहिलो दिनमा भयो, हप्ताको पहिलो दिनमा उहाँका चेलाहरूसामु देखापर्ने काम, अनि हप्ताको पहिलो दिनमा उहाँको आत्मा चर्चमा खन्याइने काम । त्यसैले हप्ताको पहिलो दिनमा, चेलाहरू उहाँको आराधना गर्न भेला भए (१ कोरिन्थी १६:२ हेर्नुहोस्) । (२) इस्टर (पुनरुत्थान) को उत्सव । यसले यहूदीहरूको निस्तार चाडको ठाउँ लियो । त्यसकारण निस्तार चाडलाई आÇनो राष्ट्रको इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना मान्ने यहूदीहरूले किन ख्रीष्टियनहरूको सबैभन्दा महत्वपूर्ण चाड इस्टरको उत्सवको पक्षमा यसलाई त्यागे ? उनीहरूको अभिवादन थियो, ‘ख्रीष्ट पुनरुत्थान हुनुभयो ¤’ जवाफ थियो, ‘ख्रीष्ट साँच्चै पुनरुत्थान हुनुभयो ¤’ पुनरुत्थानको बाहेक अरू कुन तथ्यले इस्टर उत्सवको वास्तविकतालाई व्याख्या गर्न सक्छ, जुन उत्सव प्रारम्भिक चर्चको युगबाट सुरु भएको कुरा फेला पार्न सकिन्छ ? पावलले लेखेः ‘किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो…त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही–कोही सुतिसकेका छन्’ (१ कोरिन्थी १५: ३–४, ६) । यसरी पुनरुत्थानका प्रमाणका रूपमा प्रभुको दिन र पुनरुत्थानको उत्सव पहिलो शताब्दीदेखि नै रहिआएका छन् ।
आत्मिक भोजनः उत्पत्ति २२:१–१८ मत्ती २७:३२–५६ भजन २२ यशैया ५३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024