‘कसरी तिमीहरूमध्ये कसै–कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ ?’ —१ कोरिन्थी १५:१२
यहाँ तीन वटा थप प्रमाण छन् जसले खुल्ला दिमाग राखेर खोज्ने कुनै पनि व्यक्तिलाई मृतकबाट ख्रीष्टको भौतिक पुनरुत्थानको सत्यताबारे विश्वस्त गराउन सक्छन्ः (१) ख्रीष्टियन पवित्र विधिहरू । ख्रीष्टियन धार्मिक संस्कारहरूले ख्रीष्टको मृत्यु र पीडा अनि उहाँको पुनरुत्थान र शक्तिलाई पनि संकेत गर्छन् । यिनीहरूलाई येशू ख्रीष्टको मृत्युको समयबाट सुरु भएका विधिका रूपमा अंकित गर्न सकिन्छ । (२) ख्रीष्टियन कला । रोमका भूमिगत चिहानहरू जसलाई ख्रीष्टियनहरूले संगति गर्ने ठाउँका रूपमा प्रयोग गर्थे, सतावटको समयदेखि तिनका पर्खालहरूमा प्रारम्भिक ख्रीष्टियन विश्वासहरूका तत्वको रूपमा ख्रीष्टको पुनरुत्थानको चित्रण गरिएको पाइन्छ । (३) ख्रीष्टियन चर्च । ख्रीष्टियन चर्चको निर्विवाद तथ्यलाई विचार गर्नुहोस् । धेरै मानिसहरूले चर्च र पुनरुत्थान बिचको सम्बन्धलाई बुझ्दैनन्, तर विद्वान्हरूले बुभ्mछन् । ख्रीष्टियन चर्च संसारको इतिहासमा अवस्थित वा सच अस्तित्वमा रहेको सबैभन्दा ठूलो संस्था हो । यो रोमी साम्राज्य सबैभन्दा ठूलो भूभागमा फैलिएको अवस्थामा भन्दा पाँच गुणा ठूलो छ । वास्तवमा, आज दुई अर्बभन्दा बढी मानिसहरूले येशू ख्रीष्टको आराधनालाई परमेश्वरको जीवित र पुनरुत्थान हुनुभएका पुत्रका रूपमा स्वीकार गर्छन् । यस्तो संस्था कसरी अस्तित्वमा आयो र कायम रहृयो ? कसैले यस्तो ठट्टा गरेका छन्, ‘ग्रान्ड क्यान्यन कुनै मानिसले लठ्ठी तानेर बनेको होइन ।’ न त ख्रीष्टियन चर्च जस्तो विशाल संस्था विगतका दिनहरूमा सपना देख्ने निष्क्रिय मानिसहरूको कल्पनाको सृजना हो । ख्रीष्टको मृत्यु र पुनरुत्थानको समय इस्वी संवत ३० मा यरूशलेम शहरमा ख्रीष्टियन चर्च सुरु भएको कुरा देख्न सकिन्छ भनी इतिहासकारहरू स्वीकार गर्छन् । त्यसैकारण हामी निर्धक्कसाथ यो सत्यता घोषणा गर्न सक्छौँ, ‘ख्रीष्ट साँच्चै पुनर्जीवित हुनुभएको छ ¤’
आत्मिक भोजनः प्रस्थान १२:१–१४ मत्ती २७:५७–६६ भजन ४९:१–१५ व्यवस्था २१:२२–२३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


