‘आजको दिनसम्म यही कुरा फैलिएको छ ।’ —मत्ती २८:१५
यहाँ ख्रीष्टको पुनरुत्थानका थप दुई वटा प्रमाण छन्ः (१) झूटो हो भनेर जानेको कुनै कुराको लागि कसैले स्वेच्छाले आÇनो प्राण दिएको कुरा इतिहासमा अभिलेख गरिएको पाउन कठिन छ । लेखक पल ई. लिटलले भनेका छन्, ‘मानिसहरूले आफूले सत्य भनी विश्वास गरेको कुराको लागि मर्न तयार हुनेछन्, यद्यपि त्यो कुरा वास्तवमा झूटो हुन सक्छ । तथापि, भूmटो भनी थाहा भएको कुराको लागि तिनीहरू मर्दैनन् ।’ ती प्रारम्भिक चेलाहरू यस्तो दुःखकष्ट सहन इच्छुक थिए भन्ने तथ्यले ख्रीष्टियन धर्मको जगलाई हल्लाउन नसकिने बनाउँछ । (२) ख्रीष्टका शत्रुहरूले पुनरुत्थानलाई खण्डन गर्न अविश्वसनीय हदसम्म प्रयास गरे । ‘जब मुख्यप पूजाहारीहरू धर्म–गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, “तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन् ।’ कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं ।” तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे’ (पद १२–१५) । सोच्नुहोस् तः इतिहासमा कुनै पनि साक्षीलाई ऊ सुतिरहेको बेला के भयो भनी गवाही दिन अनुमति दिइएको छैन । अनि आÇनो कर्तव्य पालनको समयमा कुनै रोमी सिपही सुत्नुको अर्थ निश्चित मृत्युदण्ड थियो । साँच्चै, यदि येशू अझै चिहानमा हुनुहुन्थ्यो, वा यदि तिनीहरूले उहाँको शरीर लगेर अन्य ठाउँमा राखेका थिए भने, किन यहूदी अगुवाहरूले त्यसो भनेनन् ? होइन, तिनीहरू यसको बारेमा केही गर्न नसक्नेगरी पक्षाघात भएका र शक्तिहीन बनेका थिए । तिनीहरूको एउटै विकल्प थियो र तिनीहरूले त्यही उपाय अपनाए—सबै ख्रीष्टियनहरू विरुद्ध कठोर सतावट सुरु गर्नु । तर यो त्यो बेला पनि असफल भयो र यो अहिले पनि असफल हुन्छ किनभने येशू जीवित हुनुहुन्छ ¤यसरी इतिहास, ख्रीष्टियन विधि र कला तथा मानव स्वभाव सबैले ख्रीष्टको पुनरुत्थानको प्रमाण दिन्छन् ।
आत्मिक भोजनः १ कोरिन्थी १५ मत्ती २८:१–८ लूका २४:१–१२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


