‘जा, तँमा भएको बल प्रयोग गर् ।’ —न्यायकर्ता ६:१४
बाइबलले यसो भन्दछः ‘परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ ।” गिदोनले तिनलाई भने, “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको ?”… तब तिनीतिर फर्केर परमप्रभुले भन्नु भयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर् । तँलाई पठाउने म नै हुँ ।” गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु ? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु ।” परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैं मार्नेछस् ।”’ (पद १२–१६) । के तपाईं भयभित र अयोग्य महसुस गर्नुहुन्छ ? गिदोन मिद्यानीहरूदेखि डराएर दाखमद्यको कुण्डमा गहुँ झाँटिरहेका थिए (पद ११) । तापनि परमेश्वरले उनलाई ‘वीर योद्धा’ भन्नुभयो । परमेश्वरले तपाईंमा ती कुरादेख्नुहुन्छ जुन अरूले देख्दैनन्, जुन तपाईं आफैले पनि देख्नुहुन्न ¤ यी शब्दहरू ध्यानपूर्वक पढ्नुहोस्ः ‘अघि–अघिका पुराना कुराहरूलाई सम्झ । म परमेश्वैर हुँ, र अरू कोही छैनँ । म परमेश्वर हुँ, मजस्तै अरू कोही छैन । आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु । म भन्छुः मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु’ (यशैया ४६:९–१०) । परमेश्वरले सबै थोकलाई तिनीहरूको पूर्ण अवस्थामा देख्नुहुन्छ– तपाईंको अन्तिम विजयलाई समेत । अनि आज उहाँले तपाईंलाई भन्नुभएको छ, ‘जाऊ, तिमीमा भएको बल प्रयोग गर । तिमीलाई पठाउने म नै हुँ ।’ जब परमेश्वरले तपाईंलाई पठाउनुहुन्छ, सबै बाधा, शत्रु, र तपाईंलाई थाहा भएका सबै सीमितताहरूका बावजुद तपाईंको सफलता निश्चित हुन्छ । यदि तपाईं परिस्थिति ‘असल नदेखिएसम्म’ अगि बढ्न चाहनुहुन्न भने, तपाईंले जित्नुहुने छैन । तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् र तपाईंसँग जे छ त्यसलाई प्रयोग गर्नुहोस्, अनि परमेश्वरले तपाईंलाई अझै धेरै दिनुहुनेछ ।
आत्मिक भोजनः गलाती ४–६ मर्कूस १२:१३–२७ भजन १०१ हितोपदेश १३:२०–२३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



