‘पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ ।’ —यूहन्ना ५:१९
आफ्ना पितासँग येशूको सम्बन्धलाई परिभाषित गर्ने दोस्रो कुरा यो होः निर्भरता । दोस्रो विश्य युद्धको क्रममा जर्मन नात्सी सेनाबाट यहूदीहरूलाई बचाउने जोखिम उठाउने कोरी टेन बुम नामकी महिलाले यसो भन्नेगर्थिन्, ‘म त पञ्जा मात्रै हुँ, यसलाई भर्ने र यसद्वारा काम गर्ने हात त येशू नै हुनुहुन्छ ।’ यो उहाँका स्वर्गीय पितासँग ख्रीष्टको सम्बन्धको चित्र हो, अनि यो तपाईं परमेश्वरसँग कस्तो सम्बन्ध राख्न सक्नुहुन्छ भन्ने कुराको नमूना पनि हो । बाइबलमा तपाईंले येशूको बारेमा दुई वटा महत्त्वपूर्ण कुरा याद गर्नुहुनेछः् (१) उहाँ असफल हुने डरबाट कहिल्यै पीडित भएको देखिनुभएन, जसरी हामी प्राय असफलताको डरबाट पीडित हुन्छौं । किन ? किनभने उहाँले नियमित रूपमा प्रार्थना गर्नुभयो र आफ्ना पिताबाट निर्देशन पाउनुभयो । पिताको वचनमा चलिरहनुभएको छ र पिताको इच्छामा चलिरहनुभएको छ भन्ने थाहा पाएर उहाँले कहिल्यै पनि शंका गर्नुभएन । जबसम्म तपाईंले परमेश्वरबाट सुन्नुहुन्न, तपाईंं प्रश्नवाचक चिन्हको रूपमा रहनुहुन्छ । तर तपाईंले परमेश्वरबाट सुन्नुभएपछि, तपाईं विस्मयादिबोधक चिन्ह बन्नुहुन्छ । (२) येशूलाई थाहा थियो कि आफ्ना पिताको निर्देशन र शक्तिबिना उहाँले कुनै पनि महत्त्वपूर्ण काम पूरा गर्न सक्नुहुनेथिएन, त्यसैकारण उहाँले त्यसो गर्ने कहिल्यै प्रयास गर्नुभएन । अर्कोतर्फ, हामी भन्छौं कि हामी परमेश्वरमा भरोसा गर्छौं तर सबै कुरा हामीमा निर्भर गर्छ भनेझैं काम गर्छौं । अनि त्यसको नतिजा ? हामी असफल बन्छौं र किन त्यसो भनी सोचिरहन्छौं । तपाईंको जीवनमा परमेश्वरको प्रत्येक कार्यको उद्देश्य उहाँमा तपाईंको निर्भरता घटाउने होइन, बढाउने हो । कसैले बुद्धिमानीपूर्वक यसो भनेका छन्, ‘तपाईंले कहिल्यै थाहा पाउनुहुनेछैन कि ख्रीष्ट नै तपाईंलाई आवश्यक सबै थोक हुनुहुन्छ जबसम्म तपाईंसँग भएको सबै थोक ख्रीष्ट मात्रै हुनुहुन्न ।’ तपाईंलाई उहाँमा पूर्ण निर्भरताको स्थानमा ल्याउनको लागि, परमेश्वरले तपाईंको अहंकार तोडिन र तपाईंको आत्मनिर्भरता हटाउन अनुमति दिनुहुनेछ ।हो, त्यो बिन्दुमा तपाईंले जीवन परिवर्तनकारी सत्यता पत्ता लगाउनुहुन्छः जब तपाईंसँग परमेश्वरबाहेक केही बाँकी रहँदैन– परमेश्वर पर्याप्त हुनुहुन्छ
आत्मिक भोजनः उत्पत्ति ५० हाग्गै १–२ यूहन्ना २०:१–१८ भजन १०५:१–७ उपदेशक ५:१३–१६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


