‘म आफ्नो इच्छा खोज्दिनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु ।’ —यूहन्ना ५:३०
आफ्ना पितासँग येशूको सम्बन्धलाई परिभाषित गर्ने तेस्रो कुरा यो होः आज्ञाकारिता । येशूले भन्नुभयो, ‘जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु…किनकि म अÇनो इच्छा खोज्दिनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु ।’ ‘जस्तो म सुन्छु’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस् । तपाईंले परमेश्वरबाट सुन्नुभएको छ भनी जब तपाईंलाई थाहा हुन्छ, जीवनले तपाईंलाई दिएको जस्तोसुकै चुनौतीको सामना गर्न अनि उहाँले तपाईंलाई दिनुभएको कुनै पनि जिम्मेवारी ग्रहण गर्न तपाईंमा साहस हुनेछ । ख्रीष्टको पहिलो आश्चर्यकर्म कानामा भएको विवाहमा पानीलाई दाखमद्यमा परिणत गर्नु थियो । यसमा तपाईंले एउटा कथन पाउनुहुनेछ जुन तपाईंको जीवनमा परमेश्वरको आश्चर्यजनक शक्तिको अनुभव गर्नको लागि महत्त्वपूर्ण छः ‘उहाँले भन्नुभएबमोजिम तिमीहरूले गर’ (यूहन्ना २:५) । यसको अर्थ उहाँले तपाईंलाई भन्नु भएको कुरा तर्कसंगत नलाग्दा, लोकप्रिय नहुँदा, असुविधाजनक हुँदा, महँगो छुँदा र तपाईंलाई अपरिचित बाँटो हिँड्नु आवश्यक पर्दा समेत तपाईं परमेश्वरको आज्ञा पालन गर्न तत्पर हुनुपर्छ । अनि तपाईं परमेश्वरसँग आत्मीयता र परमेश्वरमा निर्भरताको जीवनमा प्रतिबद्ध हुनुभएपछि मात्रै तपाईं आज्ञाकारिताको यो स्तरमा पुग्नुहुनेछ । अनि यहाँ तपाईंले जान्नु आवश्यक कुराहरू छन्ः घनिष्ठता, निर्भरता र आज्ञाकारिताचाहिँ तपाईंले परमेश्वरलाई अझ बढी प्रेम गर्ने प्रयास गरेर वृद्धि हुने होइन, तर तपाईंप्रति परमेश्वरको उदेकको, योग्य नभइएको, अचूक प्रेमको प्रकटीकरण प्राप्त गरेरः ‘परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं । प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो’ (१ यूहन्ना ४:९–१०) । त्यसकारण, तपाईंको लागि परमेश्वरको महान् प्रेमको प्रकटीकरणको लागि प्रार्थना गर्नुहोस् ।
आत्मिक भोजनः एस्तर १–४ यूहन्ना २०:१९–३१ भजन १०५:८–२२ उपदेशक ७:१–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


