घनिष्ठता, निर्भरता, आज्ञाकारिता (१)

Dec 12, 2024

‘किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ ।’ —यूहन्ना ५:२०

यी तीन वटा कुराले आफ्ना पितासँग येशूको सम्बन्धलाई परिभाषित गर्छन, अनि तिनीहरू तपाईंले परमेश्वरसँग निर्माण गर्न आवश्यक पर्ने सम्बन्धका खाका वा नमूना पनि हुन्ः घनिष्ठता, निर्भरता, आज्ञाकारिता । पहिले घनिष्ठताको बारेमा विचार गरौं । येशूले भन्नुभयो, ‘किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ ।’ तपाईंले आपूm लगायत आफ्ना भित्री विचार र रहस्यहरू त्यो व्यक्तिसँग मात्र प्रकट गर्नुहुन्छ जससँग तपाईं घनिष्ठ हुनुहुन्छ । अनि जब तपाईं परमेश्वरसँग घनिष्ठ बन्नुहुन्छ, उहाँले तपाईंलाई ती कुराहरू बताउनुहुनेछ जुन कुरा अरूबाट गोप्य छन् । दाऊदको सबैभन्दा ठूलो चाहना परमेश्वरलाई घनिष्ठ रूपमा चिन्नु थियो । भजन २५:४ मा उनले लेखेका छन्, ‘हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस् ।’ त्यसपछि उनी यसो भन्छन्, ‘ परमप्रभुको भय मान्नेहरू (आदर गर्नेहरू) सँग उहाँको घनिष्ठता हुन्छ’ (पद १४) । परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा तीन वटा कुरा समावेश हुन्छन्ः (क) चाहना । सत्यता यो हो कि तपाईं अहिले परमेश्वरको त्यति घनिष्ठ हुनुहुन्छ जति तपाईं बन्न चाहनुहुन्छ, अन्यथा यसो हुनको लागि तपाईंले आफ्ना प्राथमिकताहरूलाई पुन :व्यवस्थित गर्नुहुनेथियो । (ख) अनुशासन । यसको लागि हरेक दिन प्रार्थना र बाइबल पढाइमा परमेश्वरसँग एक्लै समय बिताउनुपर्छ । जब तपाईंले प्रार्थना गर्नुहुन्छ, तपाईंले परमेश्वरसँग कुरा गर्नुहुन्छ । जब तपाईंले बाइबल पढ्नुहुन्छ, परमेश्वर तपाईंसँग कुरा गर्नुहुन्छ । (ग) आनन्द । ‘परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ’ (भजन ३७:४) । जब तपाईं परमप्रभुमा आनन्दित बन्नुहुन्छ तब केही अद्भुत हुन्छ । उहाँका चाहनाहरू तपाईंको ह्दयका चाहनाहरू बन्छन्, त्यसैले उहाँले तिनीहरूको बारेमा तपाईंलाई भरोसा गर्न सक्नुहुन्छ । के तपाईं प्रभुसँग अझ घनिष्ठ सम्बन्ध चाहनुहुन्छ ? यदि तपाईं यसलाई लगावसहित खोज्न तयार हुनुहुन्छ भने, तपाईंले यसलाई प्राप्त गर्न सक्नुहुन्छ ।यसकारण आज परमेश्वरसँग घनिष्ठताको लागि प्रतबिद्ध बन्नुहोस् ।

आत्मिक भोजनः उत्पत्ति ४७–४९ यूहन्ना १९:२५–४२ भजन १५० उपदेशक ५:१०–१२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...