‘किनकि हाम्रो योग्यता परमेश्वरबाट आउँछ ।’ —२ कोरिन्थी ३:५
सन् १९७१ मा अर्का एक जना मुक्केवाजसँग भिडन्तअगि, महान् मुक्केवाज मुहम्मद अलीले यसो भनेका थिएः ‘मलाई पराजित गर्न सक्ने कोही जीवित मानिस छैन । (उनले आफ्नो आँखाले भ्याउन नसक्ने द्रूत गतिमा हावामा बायाँ हातले मुक्का हाने ।) म धेरै चलाख छु । (उनले आफ्नो पन्जा लगाएको हातले आफ्नो टाउको टकटक छुँदै भने ।) म धेरै सुन्दर छु । (उनले क्यामेरातर्फ आफ्नो मुहार फर्काए, पाउदानमा राखिएको प्रतिमा जस्तै ।) सबैभन्दा महान् मै हुँ म राजा हुँ हुलाक टिकटमा मेरो फोटो राखे मात्रै कसैले मलाई ढाल्न सक्छ ’ त्यो भिडन्तमा के भयो अनुमान गर्न सक्नुहुन्छ ? सबैलाई, विशेष गरी आफैलाई चकित तुल्याउँदै, त्यो लडन्तमा अली हार्नपुगे । जब तपाईंको आफ्नैक्षमता र स्रोतसाधनहरूमाथिको भरोसा गर्व बन्छ, अनि त्यसपछि अहंकार बन्छ, तपाईं समस्यामा फस्दै हुनुहुन्छ । यसैकारण त बाइबलले भन्दछ, ‘सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ’ (हितोपदेश १६:१८) । त्यसो हो भने, तपाईं कसरी सन्तुलन कायम राख्न सक्नुहुन्छ ? तपाईंसँग भएका हरेक वरदान, क्षमता, प्रतिभा र स्रोतसाधन परमेश्वरबाट आएको हो भन्ने कुरा याद राखेर । सफलताको लागि आत्मविश्वास आवश्यक छ । परमेश्वरले तपाईंलाई दिनुभएका वरदानहरू पहिचान गर्नुमा केही गल्ती छैन । तर आत्मविश्वास र ख्रीष्टको विश्वास बिचको भिन्नता कसले श्रेय पाउँछ भन्ने कुरामा पाइन्छ । यो विचारलाई तपाईंको जीवनको केन्द्रमा राख्ने एक असल तरिका भनेको प्रत्येक दिन धन्यवाद दिने कला अभ्यास गर्नु हो । जब तपाईं स्वीकार गर्नुहुन्छ कि तपाईं परमेश्वरको अनुग्रह बिना केही पनि हुनुहुन्न, जुनचाहिँ उहाँको योग्य नबनिएको र आर्जन नगरिएको अनुग्रह हो, यो अवस्थामा धेरै आत्मविश्वास कायम राख्न कठिन हुन्छ । बाइबलले यसो भन्दछः ‘एक–अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर । किनभने, “परमेश्वरले अहंकारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।” यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ’ (१ पत्रुस ५:५–६) ।
आत्मिक भोजनः उत्पत्ति २५:१९–२७:४६ यूहन्ना १४:२६–३१ भजन १४६ हितोपदेश ३१:१८–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


