चेताउनीमा ध्यान दिनुहोस्

Nov 3, 2024

‘घरीघरी हप्की पाएर पनि कोही हठी नै भइरहन्छ भने, त्यो एक्कासी नास हुनेछ, सुध्रने अवसरै नरहने गरी ।’ —हितोपदेश २९:१

चेताउनीमा ध्यान दिनुहोस्अमेरिकी जलसेनाको एउटा पत्रिकामा, फ्र्यांक कोक नामका व्यक्तिले समुद्रमा भएको एउटा धेरै अनौठो जम्काभेटको बारेमा लेखेका थिए । भारी मौसममा एउटा युद्धक जहाज समुद्रमा अभ्यास गर्न आइरहेको थियो । सूर्यास्त भएको केही समयपछि नै जहाजको पहरेदारले टाढा एउटा प्रकाश देखिएको खबर दिए, यसकारण कप्तानले सिग्नलम्यान अर्थात् सन्देशवाहकलाई यस्तो सन्देश पठाउन लगाएः ‘हामी एउटै मार्गमा भएकाले हामी एकआपसमा ठोकिन सक्छौँ । तपाईंले आफ्नो मार्ग बिस डिग्रीले परिवर्तन गर्नुहोस् भनी म तपाईंलाई सल्लाह दिन्छु ।’ केही समयपछि एउटा सन्देश आयोः ‘बरु तपाईंले आफ्नो मार्ग परिवर्तन गर्नु बेस हुन्छ ।’ कप्तानले रिसाउँदै अर्को एउटा यस्तो सन्देश पठाउन आदेश दिएः ‘म कप्तान हुँ । तिमीले आफ्नो मार्ग बिस डिग्रीले परिवर्तन गर ।’ फेरि जवाफ आयोः ‘म त दोस्रो दर्जाको नाविक हुँ । तर तपाईंले आफ्नो मार्ग परिवर्तन गर्दा नै बेस होला ।’ अब त रिसले आगो भएका कप्तानले अन्तिम चेतावनी दिएः ‘म युद्धक जहाजमा छु तिम्रो मार्ग परिवर्तन गर ’ उताबाट जवाफ आयो, ‘म त लाइटहाउसमा छु ।’ तब ती कप्तानले आफ्नो मार्ग परिवर्तन गरे, कारण त्यो अर्कोतर्फबाट बोल्ने मानिस त पानी जहाजहरूलाई मार्गदर्शन गर्न खटिएको व्यक्ति पो रहेछ खतराको बारेमा तपाईंलाई चेताउनी दिने संकेतहरूलाई वेवास्ता गर्नु मूर्खता हो । यस्ता संकेतहरू विभिन्न रूपमा आउन सक्छन्ः स्वास्थ्य समस्याका लक्षणहरू, वैवाहिक जीवनमा लामो समयसम्म रहेका द्वन्द्वहरू, विद्रोही छोराछोरीहरू, अत्याधिक ऋण, आत्मालाई नष्ट गर्ने आदतहरू, तपाईंलाई अलमलमा पार्ने दबावहरू आदि । त्यो सूची बढिरहन्छ । तपाईं सफल, प्रभावशाली वा व्यस्त हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको कुनै अर्थ छैन । परमेश्वरले तपाईंलाई चेताउनी र मार्ग परिवर्तन गर्ने आदेश दिनुहुँदा, तपाईं बुद्धिमान् हुनुहुन्छ भने तपाईंले वादविवाद गर्नुहुनेछैन । बरु तपाईंले झट्टै उहाँले भन्नुभएअनुसार गर्नुहुनेछ । के तपाईंको जीवनमा भएको कुनै गलत कुराको बारेमा परमेश्वरले तपाईंसँग व्यवहार गरिरहनुभएको छ, तर तपाईंले भने उहाँलाई अटेरी गरिरहनुभएको छ ?याद राख्नुहोस्ः तपाईं परमेश्वरबाट तर्केर जानुको सट्टा उहाँतर्फ फर्कनुहुन्छ भने तपाईंको निम्ति सबै कुरा असल भएर जानेछ ।

आत्मिक भोजनः प्रेरित ९:१–१९ २ कोरिन्थी ११:२१–३३ २ कोरिन्थी १२:७–१० प्रेरित १६:१६–४०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...