‘परमेश्वरमा म भरोसा राख्छु्, म डराउनेछैनँ ।’ —भजन ५६:४
यहाँ योसेफले बुझ्नुभएका थप दुई वटा कुरा छन् जुन तपाईंले पनि बुझ्नु आवश्यक छः (१) तपाईं आत्म–दयामा फस्न सक्नुहुन्न । सायद तपाईं अहिले परीक्षााबाट गुज्रिरहनुभएको छ होला र तपाईं निर्दोष पक्ष हुनुहुन्छ । तपाईंले सृजना नगरेको परिस्थितिको शिकार हुनुहुन्छ । योसेफ पनि त्यस्तै परिस्थितिमा हुँदा तिनको प्रतिक्रिया विचार गर्नुहोस् । उनले नगरेको पहिलो कुरा आत्म–दयामा फस्नु थियो । किन ? किनकि यसले निराशामा पु¥याउँछ । अक्सर जब हामी कुनै गम्भीर समस्या अनुभव गर्छौं र हाम्रो आत्म–सम्मान पहिले नै सबैभन्दा तल्लो स्तरमा हुन्छ, हामी आफैलाई दोष दिन र आफैलाई होच्याउन थाल्छौं । योसेफले त्यसो गरेनन् । उनले बुझे कि उनी संकटमा परेका थिए जुन उनले आफै सृजना गरेका थिएनन्, अनि उसले त्यसलाई यथार्थपरक रूपमा हेर्ने प्रयास गरे । जब तपाईं आँधीमा हुनुहुन्छ र तपाईंले आफ्नो डुंगालाई अर्कोतर्फ घुम्न अनुमति दिनुहुन्छ, आँधीले तपाईंलाई पल्टाउनेछ । त्यसैगरी जब तपाईंको जीवनमा आँधीहरू आउँछन्, तिनीहरूलाई जित्ने उत्तम तरिका भनेको योसेफले जस्तै परमेश्वरमा भरोसा गर्नु र सिधै तिनीहरूको सामना गर्नु हो । (२) निराश भएको बेलामा कहिल्यै पनि ठूलो निर्णय नगर्नुहोस् । धेरै पटक जब हामी निरुत्साहित हुन्छौँ, हामी ‘म छोडिदिन्छु,’ वा ‘म जागिर बदल्छु,’ वा ‘म टाढा जान्छु,’ वा ‘म सम्बन्ध विच्छेदको मुद्दा हाल्छु’ भन्ने परीक्षामा पर्छौं । कृपया त्यसो नगर्नुहोस् ¤ जब तपाईं निराश र हतााश हुनुहुन्छ, तपाईंका भावनाहरू अविश्वसनीय हुन्छन्, तपाईंको ध्यान धमिलो हुन्छ अनि सही निर्णय गर्नको लागि तपाईंसँग उपयुक्त दृष्टिकोण हुँदैन । त्यसो हो भने तपाईंले के गर्नुपर्छ ? उहाँले त्यस्तो परिस्थितिबाट तपाईंलाई पार लगाएर ल्याउनुहुनेछ भनी परमेश्वरमा भरोसा गर्नुहोस् ¤ कठिन परिस्थितिमा हुँदा तपाईंले भजनकारसँगै यसो भन्नुपर्छ, ‘परमेश्वरमा म भरोसा राख्छु्, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र ?’
आत्मिक भोजनः गलाती ५:२३ २ थेसलोनिकी १:३–५ २ तिमोथी १:७ हिब्रू ११:२३–२७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024