जब तपाईं कठिनाइहरू भएर जानुहुन्छ (२)

Jun 2, 2024

‘परमेश्वरमा म भरोसा राख्छु्, म डराउनेछैनँ ।’ —भजन ५६:४

यहाँ योसेफले बुझ्नुभएका थप दुई वटा कुरा छन् जुन तपाईंले पनि बुझ्नु आवश्यक छः (१) तपाईं आत्म–दयामा फस्न सक्नुहुन्न । सायद तपाईं अहिले परीक्षााबाट गुज्रिरहनुभएको छ होला र तपाईं निर्दोष पक्ष हुनुहुन्छ । तपाईंले सृजना नगरेको परिस्थितिको शिकार हुनुहुन्छ । योसेफ पनि त्यस्तै परिस्थितिमा हुँदा तिनको प्रतिक्रिया विचार गर्नुहोस् । उनले नगरेको पहिलो कुरा आत्म–दयामा फस्नु थियो । किन ? किनकि यसले निराशामा पु¥याउँछ । अक्सर जब हामी कुनै गम्भीर समस्या अनुभव गर्छौं र हाम्रो आत्म–सम्मान पहिले नै सबैभन्दा तल्लो स्तरमा हुन्छ, हामी आफैलाई दोष दिन र आफैलाई होच्याउन थाल्छौं । योसेफले त्यसो गरेनन् । उनले बुझे कि उनी संकटमा परेका थिए जुन उनले आफै सृजना गरेका थिएनन्, अनि उसले त्यसलाई यथार्थपरक रूपमा हेर्ने प्रयास गरे । जब तपाईं आँधीमा हुनुहुन्छ र तपाईंले आफ्नो डुंगालाई अर्कोतर्फ घुम्न अनुमति दिनुहुन्छ, आँधीले तपाईंलाई पल्टाउनेछ । त्यसैगरी जब तपाईंको जीवनमा आँधीहरू आउँछन्, तिनीहरूलाई जित्ने उत्तम तरिका भनेको योसेफले जस्तै परमेश्वरमा भरोसा गर्नु र सिधै तिनीहरूको सामना गर्नु हो । (२) निराश भएको बेलामा कहिल्यै पनि ठूलो निर्णय नगर्नुहोस् । धेरै पटक जब हामी निरुत्साहित हुन्छौँ, हामी ‘म छोडिदिन्छु,’ वा ‘म जागिर बदल्छु,’ वा ‘म टाढा जान्छु,’ वा ‘म सम्बन्ध विच्छेदको मुद्दा हाल्छु’ भन्ने परीक्षामा पर्छौं । कृपया त्यसो नगर्नुहोस् ¤ जब तपाईं निराश र हतााश हुनुहुन्छ, तपाईंका भावनाहरू अविश्वसनीय हुन्छन्, तपाईंको ध्यान धमिलो हुन्छ अनि सही निर्णय गर्नको लागि तपाईंसँग उपयुक्त दृष्टिकोण हुँदैन । त्यसो हो भने तपाईंले के गर्नुपर्छ ? उहाँले त्यस्तो परिस्थितिबाट तपाईंलाई पार लगाएर ल्याउनुहुनेछ भनी परमेश्वरमा भरोसा गर्नुहोस् ¤ कठिन परिस्थितिमा हुँदा तपाईंले भजनकारसँगै यसो भन्नुपर्छ, ‘परमेश्वरमा म भरोसा राख्छु्, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र ?’

आत्मिक भोजनः गलाती ५:२३ २ थेसलोनिकी १:३–५ २ तिमोथी १:७ हिब्रू ११:२३–२७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...