‘तिमीहरूले… सबै तीतोपना त्यागिदेओ ।’ —एफिसी ४:३१
यहाँ योसेफलाई थाहा भएको अर्को केही कुरा पनि छ जुन तपाईंले पनि जान्नु आवश्यक छ । तपाईंले तीतोपनको धेरै बोझ बोक्न सक्नुहुन्न । धेरै वर्षपछि जब तिनीहरू मिश्रमा अन्न लिन आए योसेफले आफ्ना दाजुहरूलाई फेरि भेटे । जब तिनीहरू योसेफको उपस्थितिमा प्रवेश गरे र मिश्रको दोस्रो उच्च अधिकृतको सामु झुके, तिनीहरूले उनलाई चिन्न सकेनन् अनि जब योसेफले आफू को हुँ भनी तिनीहरूलाई बताउन खोजे, तिनीहरू छक्क परे र भयभित भए । तिनीहरूले वर्षौं पहिले मार्न खोजेको भाइ यहाँ थियो, र अब ऊ तिनीहरूसँग आफूले चाहेको व्यवहार गर्न सक्ने स्थितिमा थियो तर उनले तिनीहरूलाई क्षमा गरे । किन ? किनभने योसेफलाई थाहा थियो कि उनले तीतोपनको अतिरिक्त बोझ बोक्न सक्दैनन् । त्यसकारण तपाईंले तीतोपन पाल्ने परीक्षामा पर्दा के गर्नुपर्छ ? योसेफले जे गरे त्यही गर्नुहोस्ः उनले परमेश्वरमा आफ्नो विश्वास र आशा बचाइराखे, अन्ततः परिस्थिति सुध्रनेछ भन्ने विश्वास गरे अनि आफ्नो आत्मिक जीवन कायम राखे । जब काम कुरा बिग्रन्छन्, हामी प्रायः उहाँलाई बेवास्ता गछौँँ जसको खाँचो हामीलाई सबैभन्दा बढी छ– प्रभुलाई । जब हाम्रो बाटोमा कठिनाइहरू आउँछन्, हामी भन्छौँ, ‘हे परमेश्वर, तपाईंले किन यसो हुन दिनुभयो ?’ ‘प्रभु, कृपया यो समस्यालाई सम्हाल्नुहोस्’ भन्नुको सट्टा हामी परमेश्वरलाई दोष दिन थाल्छौं कि यो उहाँको गल्ती हो । परमेश्वरले पूर्णरूपमा खराब परिस्थितिहरूलाई लिन सक्नुहुन्छ र तिनीहरूलाई पूरै परिवर्तन गरिदिन सक्नुहुन्छ । जब मानिसहरूले तपाईंलाई नष्ट गर्न परिस्थितिहरूलाई प्रयोग गर्ने प्रयास गर्छन्, परमेश्वरले तिनीहरूलाई तपाईंको विकास गर्न प्रयोग गर्न सक्नुहुन्छ । उहाँ क्रुसीकरणलाई पुनरुत्थानमा परिणत गर्न प्रसन्न हुनुहुन्छ । बाइबलले भन्दछ, ‘परमेश्वरको नजिक आआ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ’ (याकूब ४:८) । उहाँलाई निमन्त्रणा गरेपछि मात्रै परमेश्वर आउनुहुन्छ, अनि जबसम्म तपाईं उहाँसँग कुरा गरिरहनुहुन्छ र उहाँमा भरोसा गर्नुहुन्छ, उहाँले तपाईंको पक्षमा काम गर्नुहुनेछ ।यसकारण जीवनका कठिन परिस्थिति पार गर्नको लागि सबै तीतोपन त्यागेर परमेश्वरकहाँ जानुपर्छ ।
आत्मिक भोजनः आमोश १:१–५:१७ मर्कूस १३:१२–२३ भजन ८२ हितोपदेश १४:५–८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




