‘तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो ।’ —उत्पत्ति ३९:२१
आफ्नो गन्तव्यमा पुग्न योसेफले विश्वासघात, परीक्षा, निन्दा र भूटो मुद्दामा कैद जस्ता प्रतिकूलता सहनुप¥र्यो । तर उनी ती सबैमाथि विजयी भए । योसेफले बुझेको र तपाईंले पनि बुभ्नु आवश्यक कुरा यहाँ छः (१) तपाईं के कस्तो परिस्थिति भएर जाँदैहुनुहुन्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ र उहाँले वास्ता राख्नुहुन्छ । योसेफको कथामा पाँच वटा फरक स्थानमा पाइने एउटा मुख्य वाक्यांश छः ‘तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो ।’ जब सबै कुरा गलत भइरहेको थियो, योसेफले कहिल्यै शंका गरेनन् कि परमेश्वर उनीसँग हुनुहुन्छ । (२) तपाईंलाई छनोट को स्वतन्त्रता दिइएको छ । परमेश्वरले तपाईंलाई आफ्नो परिस्थितिप्रति कस्तो प्रतिक्रिया दिनुहुनेछ भन्ने छनोट गर्ने स्वतन्त्रता दिनुहुन्छः विश्वास वा शंका, आनन्द वा निराशा, धैर्य वा अधैर्य, आदि । जब तपाईंले सही कुरालाई बेवास्ता गर्ने छनोट गर्नुहुन्छ, परमेश्वरले तपाईंमाथि उहाँको इच्छा जबरजस्ती थोपर्नुहुन्न । कहिलेकहीँ हामी आफैमाथि समस्याहरू ल्याउँछौँ अनि परमेश्वरलाई दोष दिन्छौँ । हामी भन्छौँ, ‘यो परमेश्वरको इच्छा हुनुपर्छ,’ मानौँ परमेश्वरले हाम्रा गल्तीहरू र दुःखहरू योजना गरेर आनन्द गर्नुहुन्छ ¤ सत्यता यो हो कि परमेश्वरको इच्छा सधैँ पालन गरिँँदैन । हो, उहाँसँग हाम्रो जीवनको लागि योजना छ तर उहाँले हामीलाई स्वतन्त्र इच्छा पनि दिनुभएको छ अनि उहाँले अरूलाई पनि स्वतन्त्र इच्छा दिनुभएको कारण, तिनीहरूका गल्ती र निर्णयहरूले हामीलाई पनि चोट पु¥याउन सक्छन् । (३) अन्तिम परिणाममाथि परमेश्वरको नियन्त्रण छ । उहाँले आज तपाईंको जीवनको हरेक नकारात्मक परिस्थितिलाई लिन सक्नुहुन्छ र तपाईंको भलाइको लागि त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । अन्त्यमा, योसेफ यसो भन्न सक्षम भए, ‘तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थिया, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो’ (उत्पत्ति ५०:२० हेर्नुहोस्) । अनि परमेश्वरले उनको परिस्थितिबाट भलाइ उत्पन्न गर्नको लागि काम गरिरहनुहुँदा, योसेफले उहाँमा भरोसा गरिरहनुपथ्र्यो यद्यपि त्यो समयमा के भइरहेको थियो भन्ने कुरा उनले बुझेका थिएनन् ।आज तपाईंले पनि आफ्नो कठिन परिस्थितिमा परमेश्वरमा भरोसा राखिरहनुपर्छ ।
आत्मिक भोजनः विलाप ३:४०–५:२२ मर्कूस १३:१–११ भजन ११३ हितोपदेश १४:१–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


