जब परमेश्वर देखापर्नुहुन्छ

Nov 26, 2024

हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ… तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि… ।’ —दानिएल ३:१७–१८

जब परमेश्वर देखापर्नुहुन्छजब शद्रक, मेशक र अबेद–नेगोले नबूकदनेसरको नब्बे फुट अग्लो सुनको देवताको अगाडि झुक्न इन्कार गरे, उनले तिनीहरूलाई आगोको भट्टीमा हाल्ने धम्की दिए । तिनीहरूले उनलाई यसो भनेः ‘यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ । तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि,, हामी हजूरका देवताहरूको सेवा गर्नेछैनौं’ (पद १७–१८) । परमेश्वर कहिले देखापर्नुहुन्छ ? जब तपाईं यसो भन्नुहुन्छ, ‘परमेश्वर मलाई छुटकारा दिन सक्षम हुनुहुन्छ, तर यदि उहाँले मलाई छुटकारा दिनुभएन भने म पनि उहाँको सेवा गर्नेछु ।’ परमेश्वरले हामीलाई चाहिने कुराहरू उपलब्ध गराउनु सुन्दर कुरा हो । तापनि, परमेश्वरलाई साँच्चै प्रसन्न तुल्याउने विश्वासले यसो भन्छ, ‘तर यदि होइन भने पनि म परमेश्वरमा भरोसा गरिरहनेछु ।’ पत्रुसले यस्तो लेखेः ‘तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ । आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ । तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्’ (१ पत्रुस १:६–७) । र अर्को एउटा विचारः बाइबलले तीन जना हिब्रू ठिटाहरूले चौथो मानिसलाई आगोमा देखे भनेर भन्दैन । यसले भन्दछ कि नबूकदनेसरले चाहिँ उहाँलाई देखे, र तिनले उहाँलाई ‘देवताहरूको पुत्र’ भनी वर्णन गरे (दानिएल ३:२५) । त्यसकारण तपाईंलाई थाहा नभए तापनि, तपाईंको विश्वास, तपाईंको जीवन र गवाहीले तपाईंको वरपरका मानिसहरूलाई प्रभाव पारिहेको हुन्छ र परमेश्वरलाई महिमा ल्याइरहेको हुन्छ ।यसरी हाम्रो विश्वास र आज्ञाकारिताले परमेश्वरलाई हाम्रो पक्षमा प्रकट हुने र काम गर्ने अवसर दिन्छ भन्ने कुरा बुभ्mनुले हामीलाई साहस दिन्छ ।।

आत्मिक भोजनः उत्पत्ति १०–१२ यूहन्ना १३:१–१७ भजन ९५ हितोपदेश ३०:२९–३३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...