‘तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्मा गरून् र …अनाजहरू सञ्चय गरून् ।’ —उत्पत्ति ४१:३५
जम्मा संकलन गर्नुहोस्, सञ्चय गर्नुहोस्, र बाँड्नुहोस्यासेफले फारोलाई के भनेका थिए ध्यान दिनुहोस्ः ‘फारोबाट सहकालका सात वर्षसम्म मिश्रदेशका उब्जनीको पाँचौं हिस्सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन् । तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्मा गरून्, अनि… सञ्चय गरून् । अनिकालले देश विनाश हुन नपाओस् भनी मिश्रदेशमा परिआउने ती सात वर्षको अनिकालको निम्ति देशको लागि ती अनाजहरू सुरक्षित राखिऊन्’ (पद ३४–३६) । यस कथामा हाम्रा लागि दुई वटा महत्त्वपूर्ण शिक्षा छन् । (१) तपाईंको खराब समयलाई तपाईंको असल समयलाई नष्ट गर्न नदिनुहोस् । अनि त्यसो गर्ने उत्तम तरिका के हो त ? निराशा र कठिनाइको समयमा परमेश्वरको वचनमा खडा हुनु । ‘मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ’ (फिलिप्पी १:६) । (२) आफ्नो असल समय उपभोग मात्र नगर्नुहोस्† त्यसबाट बुद्धि, शक्ति, रणनीतिहरू, सम्बन्धहरू, र स्रोतसाधनहरू बटुल्नुहोस् जसले तपाईंलाई खराब समयमा सम्हाल्नेछन् । पावल लेख्छन्, ‘यति मात्र होइन, तर हामी आफ्नो संकष्टमा रमाउँछौं, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उपन्न गराउँछ’ (रोमी ५:३–४) । तर जब परमेश्वरले तपाईंलाई आशिष् दिनुहुन्छ, यसलाई थुपारेर नराख्नुहोस्– यसलाई अरूसँग बाँडचुँड गर्नुहोस् । येशूले सिकाउनुभएको पारस्परिकताको नियम अभ्यास गर्नुहोस्ः ‘देओ, र तिमीहरूलाई पनि दिइनेछ…किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ’ (लूका ६:३८) । स्वार्थी उद्देश्यका लागि तपाईंले जुन कुरालाई पक्रिराख्नुहुन्छ, अन्ततः तपाईंले त्यो गुमाउनु हुनेछ । तर जब तपाईं अरूलाई आशिष् दिनुहुन्छ, परमेश्वरले तपाईंलाई अहिले र अनन्तता दुवैमा इनाम दिने प्रतिज्ञा गर्नुभएको छ ।यसकारण, परमेश्वरले दिनुभएका आशिष्हरू संकलन गरेपछि अरूसँग बाँडचुँड पनि गर्नुमा ठूलो इनाम छ ।
आत्मिक भोजनः उत्पत्ति ७–९ यूहन्ना १२:३७–५० भजन १०२:१८–२८ हितोपदेश ३०:२४–२८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024




