‘मैले भनेका कुरा गर्दैनौ भने किन मलाई “प्रभु, प्रभु,” भन्दछौ ?’ —लूका ६:४६
बाइबलबाट लिइएको यस गीतका शब्दहरू सम्झनुहुन्छ, ‘बुद्धिमान मानिसले आफ्नो घर चट्टानमा बनायो… मूर्ख मानिसले आफ्नो घर बालुवामा बनायो’ ? हावाहुरीले दुवै घरमा ठक्कर दिँदा, बुद्धिमान् मानिसको घर मात्र बाँकी रहृयो । यहाँ येशूले मूर्खताभन्दा बुद्धिका गुणहरू उत्तम हुन्छन् भन्ने कुरा मात्रै सिफारिस गरिरहनुभएको थिएन । सत्यता के हो भने, हामी सबै कहिलेकहीँ बुद्धिमान् हुन्छौँ भने कहिलेकहीँ मूर्ख । अनि उहाँले आँधीबेहरीबाट बचेको घर विश्वासीको घर थियो भने नष्ट भएको घर अविश्वासीको थियो पनि भनिरहनुभएको थिएन । न त उहाँले चर्चमा नियमित रूपमा उपस्थित हुने मानिसको घर त्यो आँधीबेहरीमा टिक्यो तर चर्चमा उपस्थिति नहुने मानिसको घर भत्कियो भन्ने आशय व्यक्त गरिरहनुभएको थियो । उहाँको कुरा अझै सरल र अझै जोडदार थियो । जब परिस्थिति अत्यन्तै खराब हुन्छ र हामी भित्तैमा पुग्छौं, जब हामी आपूm जीवित रहने सम्भावनामा शंका गर्छौं, जब हामीले अन्तिम साससम्म प्रतिरोध गरिसकेका हुन्छौं तब हामीलाई त्यो आँधी पार गराएर ल्याउने कुरा हाम्रो बुद्धि, मुक्ति वा चर्चमा नियमित उपस्थिति होइन । यी ख्रीष्टियन जीवनका महत्वपूर्ण पक्षहरू हुन् जसको लागि हामी परमेश्वरको प्रशंसा गर्छौं तथापि धेरै जना बुद्धिमान्, विश्वासयोग्य विश्वासीहरू जीवनको आँधीमा पर्छन्ः दुव्र्यवहारयुक्त सम्बन्ध, आर्थिक पतन, अविश्वासयोग्य पति वा पत्नी, सन्तान वियोग वा बिराम, मानसिक वा शारीरिक असक्षमता । येशूको जोड उहाँको वचनको बढ्दो ज्ञानको लागि आग्रह पनि थिएन । दुवै घरका मालिकहरूले उहाँको वचन बुझेका थिए, तर ‘प्रभु, म तपाईंसँग पूर्ण रूपमा सहमत छु’ भन्नुले मात्रै तपाईंलाई आँधीबेहरीबाट पार गराउँदैन । येशूले यहाँ जोड दिनुभएको कुरा यो हो कि उहाँले भन्नुभएको काम गर्नु नै तपाईंले आँधीबेहरीको सामना गर्नुहुने उपाय हो ¤ परमेश्वरले उहाँको वचनको कदर गर्न आफैलाई प्रतिबद्ध बनाउनुभएको छ अनि तपाईंको आज्ञाकारिताले तपाईंलाई उहाँको वचनसँग सहमत गराउँछ र तपाईंको पक्षमा उहाँको शक्तिलाई सक्रिय बनाउँछ ।यसर्थ जीवनका आँधीबेहरीको सामना गर्न तयार रहने एउटै मात्र उपाय भनेको आज्ञापालन नै हो ।
आत्मिक भोजनः आमोश ५:१८–९:१५ मर्कूस १३:२४–३७ भजन ११७ हितोपदेश १४:९–१२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



