जीवनको दौडलाई सामथ्र्यवान भएर पूरा गर्ने संकल्प गर्नुहोस्

Nov 13, 2024

‘परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ ।’ —२ पत्रुस १:३

जीवनको दौडलाई सामथ्र्यवान भएर पूरा गर्ने संकल्प गर्नुहोस् परमेश्वरलाई पछ्याउनु भनेको उहाँले तपाईंलाई जे गर्न बोलाउनुभएको छ, त्यो पूरा गर्नु हो । राम्ररी सुरु गर्ने सबैले राम्ररी समाप्त गर्दैनन् । कुनै अगुवालाई नैतिक वा आर्थिक मुद्दाले पतन गराएको देख्द कहिलेकहीँ हामी स्तब्ध र दुःखी हुन्छौ । पावलले लेखेका छन्, ‘प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्’ (कलस्सी ४:१४) । पछि, उनले लेखेका छन्, ‘डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेको छ’ (२ तिमोथी ४:१०) । तपाईंको विरुद्धमा तीन वटा शक्ति खडा भएका छन्, र तिनीहरूले कहिल्यै हार मान्दैनन्ः संसार, शरीर र शैतान । संसारले तपाईंलाई यसको ढाँचामा ढाल्न कोसिस गर्नेछ, तपाईंको शारीरिक स्वभावले तपाईंलाई तल तान्ने प्रयत्न गर्नेछ, अनि शैतानले तपाईंलाई हराउन सबै उपाय र विधि प्रयोग गर्नेछ । पावल यी तीन वटा शक्तिबारे सचेत थिए यसकारण उनले भने, ‘म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ । यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवा म पूरा गर्न सकूँ’ (प्रेरित २०:२४) । त्यसोभए, परमेश्वरले तपाईंलाई दिनुभएको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुहोस् र यो काम गरिरहँदा प्रत्येक पल आनन्द लिनुहोस् । तपाईं कसरी बलियो रूपमा पूरा गर्न सक्नुहुन्छ ? ‘परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ । यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ’ (२ पत्रुस १:३–५ ।यसर्थ, परमेश्वरका प्रतिज्ञाहरूमा स्थिर रहेर यो जीवनको दौडलाई सामथ्र्यवान भएर पूरा गर्न संकल्प गर्नुहोस् ।

आत्मिक भोजनः रोमी ३:२१–६:२३ यूहन्ना १०:१–१० भजन १३३ हितोपदेश २९:१५–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...