‘मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तज्र्ञान ज्यादा छ, किनकि म तपाईंका कानूनहरूमाथि मनन गर्दछु ।’ —भजन ११९:१००
सन्देश (द मेसेज) नामक बाइबल संस्करणका लेखक तथा व्याख्याकार युजिन पिटर्सनले यसो भनेका छन्ः ‘मेरो बाइबलका पानाहरूमा छापिएका शब्दहरूले सृष्टिकर्ता र मुक्तिदाता परमेश्वरको जीवित र सक्रिय प्रकटीकरणको गवाही दिन्छन्, प्रेमका परमेश्वर जो येशूमा वचन देहदाधारी हुनुभयो, यसकारण मैले यो कुरा बिर्सनु हुँदैन । यदि मेरो बाइबल पढाइमा मैले यस जीवितपनसँग सम्पर्क गुमाएँ भने, यदि म यी जीवित येशूलाई सुन्न असफल भएँ भने उहाँको सार्वभौमिकताको अधीनमा बस्न र उहाँको प्रेमलाई स्वीकार गरेर प्रतिउत्तर दिन असफल भएँ भने, म मेरो ज्ञानमा अहंकारी र मेरो व्यवहारमा व्यत्तित्व नभएको जस्तो बन्नेछु । खराब बाइबल पढाइले ख्रीष्टियन जीवनको नाममा ठूलो मात्रामा क्षति पु¥याएको छ । काभिआट लेक्टर, अर्थात् “पाठक सावधान रहून् ।”’ परमेश्वरको वचन दैनिक रूपमा पढ्नु मात्रै पर्याप्त छैन, तपाईंले यसका सिद्धान्तहरूलाई निरन्तर रूपमा अभ्यास गर्नुपर्छ । भजनकार लेख्छन्ः ‘आहा ¤ तपाईंको व्यावस्थालाई म कति प्रेम गर्दछु ¤ दिनभरि म तिनैमाथि मनन गर्दछु । तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन् । मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तज्र्ञान ज्यादा छ, किनकि म तपाईंका कानूनहरूमाथि मनन गर्दछु । धर्म–गुरुहरूको भन्दा मेरो समझ अझ बढी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु । तपाईंको वचन पालन गरूँ भनेर, मैले आÇना गोडालाई हरेक खराब मार्गबाट अलग्ग राखेको छु । तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ । तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ठ छन्, महभन्दा पनि मेरो मुखमा ती बढी मिठा छन् । तपाईंका आदेशहरूद्वारा म समझशक्ति प्राप्त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु । तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो’ (भजन ११९:९७–१०५) ।जब तपाईं हरेक दिन यसका सिद्धान्त र शिक्षाअनुसार जिउने निर्णय गर्नुहुन्छ, तब बाइबल एक जीवन्त वचन बन्छ ।
आत्मिक भोजनः प्रकाश १५–१८ मत्ती २१:३३–४६ भजन १३६:१३–२६ हितोपदेश ६:३२–३५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



