जोशपूर्वक प्रार्थना गर्नु

Oct 15, 2024

‘तिनले आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैं तिमीहरूलाई स्मरण गर्छन् ।’ —कलस्सी ४:१२

पावलले इपाफ्रासको बारेमा यसो भनेका थिए, त्यस्ता साधारण चेला जसलाई तपाईंले उनको नामले चिन्नुहुन्नः ‘इपाफ्रासले…आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैं तिमीहरूलाई स्मरण गर्छन्, ताकि तिमीहरू परिपक्व होओ, र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक…तिमीहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्’ (पद १२–१३) । याकूब लेख्छन्, ‘तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ’(याकूब ५:१६) । यहाँ प्रभावशाली भन्ने शब्दले जोशिलो हुनुलाई जनाउँछ ¤ सत्रौं शताब्दीका एङ्लिकन सेवक बिशप जोसेफ हललाई उनको विश्वासको लागि एक पटक लन्डनको धरहरामा कैद गरिएको थियो । उनले आफ्नो अन्तिम वर्ष एउटा गाउँमा भक्ति साहित्य लेख्दै बिताए । प्रार्थनाको बारेमा तिनले यस्तो टिप्पणी गरे, ‘धनुको काँडलाई थोरै मात्रै तानियो भने, धेरै टाढा जाँदैन । तर यसलाई पूरै तानियो भने, धेरै छिटो र गहिरोसम्म हान्छ । त्यसैगरी यदि प्रार्थना पनि लापरवाह ओठबाट गरिन्छ भने, यो हाम्रै खुट्टमा खस्छ । तर शक्ति र जोशसाथ गरिएको प्रार्थना स्वर्गसम्मै पुग्छ र बादललाई छिचोल्छ । हाम्रो प्रार्थनाको अंकगणित होइन, अर्थात् कति वटा प्रार्थना गरिन्छन् भन्ने कुरा† न त हाम्रो प्रार्थनाको वक्तृत्वकला, वा तिनीहरू कति धाराप्रवाह छन् भन्ने कुरा† न त हाम्रो प्रार्थनाको ज्यामिति, अर्थात् तिनीहरू कति लामो छन् भन्ने कुरा† न हाम्रो प्रार्थनाको संगीत, अर्थात् हाम्रो आवाज कति मीठो छ भन्ने कुरा† न त हाम्रो प्रार्थनाको विधि, अर्थात् तिनीहरू कति व्यवस्थित छन् भन्ने कुरा† न त हाम्रो प्रार्थनाको ईश्वरत्व, अर्थात् धर्मसिद्धान्त कति सुन्दर छ भन्ने कुरालाई नै परमेश्वरले महत्त्व दिनुहुन्छ । तर आत्माको जोश नै प्रभावकारी हुन्छ ।’ परमेश्वरले जोशपूर्वक प्रार्थना गर्नेहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ । त्यसकारण प्रार्थनाको बारेमा गम्भीर बन्नुहोस् र यसमा आफैलाई जोशिलो रूपमा समर्पित गर्नुहोस् ¤

आत्मिक भोजनः प्रस्थान २५–२७ यूहन्ना ३:२२–३६ भजन ८९:१५–३७ हितोपदेश २६:२०–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...