‘तिनले आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैं तिमीहरूलाई स्मरण गर्छन् ।’ —कलस्सी ४:१२
पावलले इपाफ्रासको बारेमा यसो भनेका थिए, त्यस्ता साधारण चेला जसलाई तपाईंले उनको नामले चिन्नुहुन्नः ‘इपाफ्रासले…आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैं तिमीहरूलाई स्मरण गर्छन्, ताकि तिमीहरू परिपक्व होओ, र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक…तिमीहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्’ (पद १२–१३) । याकूब लेख्छन्, ‘तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ’(याकूब ५:१६) । यहाँ प्रभावशाली भन्ने शब्दले जोशिलो हुनुलाई जनाउँछ ¤ सत्रौं शताब्दीका एङ्लिकन सेवक बिशप जोसेफ हललाई उनको विश्वासको लागि एक पटक लन्डनको धरहरामा कैद गरिएको थियो । उनले आफ्नो अन्तिम वर्ष एउटा गाउँमा भक्ति साहित्य लेख्दै बिताए । प्रार्थनाको बारेमा तिनले यस्तो टिप्पणी गरे, ‘धनुको काँडलाई थोरै मात्रै तानियो भने, धेरै टाढा जाँदैन । तर यसलाई पूरै तानियो भने, धेरै छिटो र गहिरोसम्म हान्छ । त्यसैगरी यदि प्रार्थना पनि लापरवाह ओठबाट गरिन्छ भने, यो हाम्रै खुट्टमा खस्छ । तर शक्ति र जोशसाथ गरिएको प्रार्थना स्वर्गसम्मै पुग्छ र बादललाई छिचोल्छ । हाम्रो प्रार्थनाको अंकगणित होइन, अर्थात् कति वटा प्रार्थना गरिन्छन् भन्ने कुरा† न त हाम्रो प्रार्थनाको वक्तृत्वकला, वा तिनीहरू कति धाराप्रवाह छन् भन्ने कुरा† न त हाम्रो प्रार्थनाको ज्यामिति, अर्थात् तिनीहरू कति लामो छन् भन्ने कुरा† न हाम्रो प्रार्थनाको संगीत, अर्थात् हाम्रो आवाज कति मीठो छ भन्ने कुरा† न त हाम्रो प्रार्थनाको विधि, अर्थात् तिनीहरू कति व्यवस्थित छन् भन्ने कुरा† न त हाम्रो प्रार्थनाको ईश्वरत्व, अर्थात् धर्मसिद्धान्त कति सुन्दर छ भन्ने कुरालाई नै परमेश्वरले महत्त्व दिनुहुन्छ । तर आत्माको जोश नै प्रभावकारी हुन्छ ।’ परमेश्वरले जोशपूर्वक प्रार्थना गर्नेहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ । त्यसकारण प्रार्थनाको बारेमा गम्भीर बन्नुहोस् र यसमा आफैलाई जोशिलो रूपमा समर्पित गर्नुहोस् ¤
आत्मिक भोजनः प्रस्थान २५–२७ यूहन्ना ३:२२–३६ भजन ८९:१५–३७ हितोपदेश २६:२०–२२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



