‘म संसारको ज्योति हुँ । मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।’ —यूहन्ना ८:१२
एक जना पास्टरले लेखेका छन् । अक्लुओफोबिया भन्ने शब्द सुन्नुभएको छ ? यो अन्धकारदेखि लाग्ने डर हो…पूर्ण अन्धकारमा रहँदा त्रसित तुल्याउँछ हो । यसले असहायपनको भावना जगाउँछ । तथापि भावनात्मक, सम्बन्धपरक र आत्मिक अन्धकारको तुलनामा भौतिक अन्धकार केही पनि होइन ।’ आज तपाईंलाई आपूm कुनै उपाय नभएको अँध्यारो ठाउँमा छु जस्तो लाग्न सक्छ; ‘अर्कै केटाको लागि मेरी प्रेमिकाले मलाई छोडिन् ।’ वा, ‘सायद मैले सम्बन्धविच्छेद गर्नेछु । मेरा पतिले मलाई धोका दिएका छन् ।’ वा, ‘म निराश छु र कुनै कारणबिना रुन्छु । यो निराशा कहिले हटेर जान्छ ?’ वा, ‘म एक भयानक रोगसँग संघर्षरत छु, र म थुनिएको छु । म अन्धकारमा छु र मलाई मदत चाहिन्छ ।’ यदि त्यो तपाईंको कथा हो भने, त्यहाँ सहायता उपलब्ध छ, र त्यहाँ आशा छ। येशूले भन्नुभयो, ‘म संसारको ज्योति हुँ । मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।’ यदि तपाईं आज उहाँतर्फ फर्कन तयार हुनुहुन्छ भने, तपाईंले पत्ता लगाउनुहुनेछ कि उहाँले तपाईंको बाटो उज्यालो पार्न सक्नुहुन्छ अनि तपाईं रहनुभएको अन्धकारबाट बाहिर निस्कने बाटो देखाउन सक्नुहुन्छ । जब तपाईंले बत्ती बाल्नुहुन्छ, अन्धकार हट्नैपर्छ । अनि येशू हाम्रो आत्मिक र भावनात्मक अन्धकार हटाउने ज्योति हुनुहुन्छ । ध्यान दिनुहोस् कि येशूले उहाँ एउटा ज्योति हुनुहुन्छ, वा धेरैमध्ये एक हुनुहुन्छ भन्नुभएन , तर बरु ज्योति हुनुहुन्छ । उहाँले उहाँ कसैको लागि मात्र ज्योति हुनुहुन्छ भन्नुभएन, तर संसारको ज्योति हुनुहुन्छ । चाहे तपाईं लन्डन, लस एन्जलस, टोकियो, टोरन्टो, वा टिम्बक्टुमा बसोवास गर्नुहोस्, येशू तपाईंको जवाफ हुनुहुन्छ । यसकारण, यदि तपाईं अन्धकारमा जिउँदैहुनुहुन्छ भने, उहाँले तपाईंलाई उहाँकहाँ आउन र ज्योतिमा प्रवेश गर्न निमन्त्रणा दिँदै हुनुहुन्छ ।
आत्मिक भोजनः जनः १ इतिहास २६:२०– २९:३० लूका १४:१–१४ भजन ११९:६५–७२ हितोपदेश २१:१०–१३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



