‘जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ ।’ —यूहन्ना १२:३६
ती पास्टरले थप बताएका छन्ः ‘प्रकाश त्यस्ता कुराहरूमध्ये एक हो जसलाई हामीले प्रायः सामान्य रूपमा लिन्छौं…हामी योबिना बाँच्न सक्दैनौं । मानिसको अस्तित्वको लागि बोटबिरुवा आवश्यक छन् । सम्पूर्ण मानव प्रजाति र सबै प्राणीहरू बाँच्नको लागि बोटबिरुवामा निर्भर छन् । बिरुवाहरूले प्रकाश संश्लेषणको रूपमा चिनिने प्रकाश प्रक्रियामार्फत सबै आवश्यक एमिनो एसिडहरू र स्वास्थ्यको लागि आवश्यक अधिकांश भिटामिनहरू प्रदान गर्छन् । हामीले सास फेर्न चाहिने अक्सिजन पनि बिरुवाहरूले उत्पादन गर्छन् । अनि ती बिरुवाहरू बढ्नको लागि प्रकाश चाहिन्छ । भौतिक संसारमा जे सत्य छ, आत्मिक संसारमा पनि त्यो सत्य छ । भौतिक प्रकाशबिना भौतिक जीवन असम्भव छ, अनि आत्मिक प्रकाशबिना आत्मिक जीवन असम्भव छ…तपाईंले अन्धकारलाई कसरी हटाउन सक्नुहुन्छ ?…के तपाईं एकलै बसेर आफ्नै लागि दुःखी महसुस गर्नुहुन्छ ? के तपाईं कुचो लिएर अन्धकारलाई हटाउने प्रयास गर्नुहुन्छ ? के तपाईं अन्धकारलाई बाहिर निकाल्ने वा सफा गर्ने प्रयास गर्नुहुन्छ ? यस्तो समस्याको एउटै उपाय छ; बत्ती बाल्नुहोस् ।’ ख्रीष्टमा आफ्नो जीवन समर्पण गर्दा तपाईंले त्यही काम गर्नुहुन्छ । जब तपाईं उहाँका शिक्षाहरू पालन गर्नुहुन्छ र उहाँका निर्देशनहरू पाछ्याउनुहुन्छ, तब तपाईंले त्यही गर्नुहुन्छ । प्रार्थनामा उहाँसँग एक्लै समय बिताउनुहुँदा तपाईंले त्यसो गर्नुहुन्छ । तपाईंको जीवनको अन्धकारमय समयमा तपाईं उहाँतर्फ फर्किनुहुँदा तपाईंले त्यसो गर्नुहुन्छ । त्यही बेला तपाईंले उहाँको यो प्रतिज्ञा सत्य भएको पत्ता लगाउनुहुनेछः ‘म संसारको ज्योति हुँ । मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ’ (यूहन्ना ८:१२) । अनि यति मात्र होइन, तपाईंले त्यो ज्योति अरूलाई प्रतिबिम्बित गर्न थाल्नुहुन्छः ‘ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ ।’
आत्मिक भोजनः यूहन्ना ४:४–२६ यूहन्ना ७:३७–४१ प्रस्थान १७:१–७ यशैया ३५:१–७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


