तनावपूर्ण अवस्थामा पनि शान्त रहनुहोस्

Apr 6, 2024

‘उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ ।’ —याकूब ४:६

द्वन्द्व उत्पन्न हुँदा तपाईंले ध्यानमा दिनुपर्ने तीन वटा महŒवपूर्ण सिद्धान्त यहाँ छन्ः (१) व्यक्तिलाई आक्रमण नगरी समस्या समाधान गर्नुहोस् । धर्मलाई लिएर कतिपय सबैभन्दा घिनलाग्दा व्यक्तिगत आक्रमणहरू भएका छन् । कस्तो लज्जाको कुरा ¤ हामीमध्ये कतिपय तर्कमा हार्नुभन्दा बरु सम्बन्ध तोड्न चाहन्छौँ । (२) कहिलेकहीँ अलग अलग बाटो लाग्नु असल हुन्छ । जब पावल र बर्नाबासले उनीहरूको अर्को मिसनरी यात्रामा मर्कूस भनिने यूहन्नालाई उनीहरूसँग यात्रामा लाने कि नलाने भन्ने विषयमा बहस गरे, ‘तिनीहरूका बिचमा यति ठूलो मतभेद भयो कि तिनीहरू एक–अर्काबाट छुट्टिए’ (प्रेरित १५:३९) । तर त्यो नै कथाको अन्त्य होइन । वास्तवमा, यसको परिणाम दुई वटा भिन्न सेवाकार्यको जन्म भयो । त्यसकारण, कृपालु बन्नुहोस् । अहिले जे भइरहेको छ त्यो वास्तवमा तपाईंलाई सेवकार्य र आशिष्को नयाँ क्षेत्रमा लैजाने परमेश्वरको तरिका हुन सक्छ । (३) याद गर्नुहोस् कि ‘फलामले फलामलाई उध्याउँछ’ (हितोपदेश २७:१७) । फलामले फलामलाई उध्याउँदा झिल्काहरू उड्छन् । तपाईंले किशोर किशोरीहरूको संगत गर्नुभएको छ भने, तपाईंले यो कुरा बुभ्mन सक्नुहुन्छ । तिनीहरू तपाईंलाई चुनौती दिने र तपाईंलाई इमान्दार राख्ने मौलिक र अनौठा विचारहरू ल्याउन सिपालु हुन्छन् । एक वृद्ध क्वेकर (जर्ज फक्सले ब्रिटेनमा सत्रौँ शताब्दीमा सुरुआत गरेको पवित्रता र जागृतिमा जोड दिने स्वतःस्फुर्त ख्रीष्टियन अभियानको सदस्य) जसले एउटा अटेरी गाई किनेका थिए । दूध दुहुने बेला सधैं त्यो गाईले समस्या सृजना गथ्र्यो । त्यो गाईले खुट्टा बजार्ने, पुच्छारले तिनलाई हिर्काउने र दूधको बाल्टी घोप्ट्याइदिँदा रिस उठे तापनि अनुग्रह प्रदर्शन गर्न प्रतिबद्ध ती बृद्ध मानिसले रिसमा प्रतिक्रिया जनाउन इन्कार गरे । अन्त्यमा, त्यो गाईले तिनले गोठको पर्खालमै पुग्ने गरी लात हानेर फालिदियो, र अनि त तिनको सहनशीलताको बाँध टुट्यो ¤ रिसाएर त्यो गाईलाई हेर्दै तिनले भने, ‘तँलाई थाहा छ म एक क्वेकर हुँ र तँलाई प्रहार गर्न सक्दिनँ– तर म तँलाई एउटा प्रेस्बिटेरियनकहाँ बेच्न सक्छु ¤’ यसकारण जब तपाईं घाइते पक्ष हुनुहुन्छ, तब तपाईंले यो प्रतिज्ञाबाट शक्ति प्राप्त गर्नु आवश्यक छः ‘उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ ।’

आत्मिक भोजनः यर्मिया २८–३० मर्कूस १:१६–२८ भजन ७२:१–११ हितोपदेश ९:१–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...