‘कुनै–कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ ।’ —हितोपदेश १८:२४
‘प्राचीन रोमी विद्वान् सिसेरोले भनेका छन, मित्रताले हाम्रो खुशीलाई सुधार गर्छ र दुःखलाई कम गर्छ र साथै हाम्रो आनन्दलाई दोब्बर बनाएर हाम्रो शोकलाई बाड्दछ ।’ तथ्य के हो भने, घनिष्ठ मित्रहरू धेरै हुन असम्भव छ, किनकि साँचो मित्रताले समय, वास्ता र प्रतिबद्धता खोज्छ । ‘धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै–कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ’ (पद २४) । साँचो मित्रताका विशेषताहरू यी हुन्ः (१) भरोसा । राल्फ वाल्डो इमर्सनले यस्तो लेखेः ‘मित्रताको महिमा फैलिएको हातमा छैन, न त दयालु मुस्कानमा, न त मित्रबाट पाइने साथको आनन्दमा । यो त एक आत्मिक प्रेरणा हो जुन एक व्यक्तिले तब पाउँछ जब उसले थाहा पाउँछ कि अरू कसैले उसमा विश्वास गरेको छ र उसलाई विश्वास गर्न तत्पर छ ।’ (२) दिने र लिने काम । कहिलेकहीँ एकले धेरै दिनेछ अनि कहिलेकहीँ अर्कोले । तर साँचो मित्रता सधैँ द्विपक्षीय हुन्छ । (३) आफ्नो जीवन बाँडचुँड गर्ने काम । हेलेन केलरले भनेकी छिन्ः ‘मेरा साथीहरूले मेरो जीवनको कथा बनाएका छन् । हजारौँ तरिकाले तिनीहरूले मेरा सीमितताहरूलाई सुन्दर अवसरहरूमा परिणत गरेका छन् र मलाई मेरो अभावको छायामा समेत शान्त र खुशीसाथ हिंड्न सक्षम बनाएका छन् ।’ (४) पारस्परिक आनन्द । साँचो मित्रतामा, तपाईंले यसको आनन्दकै लागि मात्र सँगै समय बिताउनुहुन्छ । तपाईंले के गर्नुहुन्छ त्यो महŒवपूर्ण छैन । दुर्भाग्यवश, जीवनको व्यस्तताले हामीलाई यो आनन्द कस्तो हुन सक्छ भन्ने कुरा बिर्साउँछ । (५) एकअर्कालाई आदर । आदर सम्मान कसरी निर्माण गरिन्छ ? बाधा वा परिस्थितिलाई सम्बन्ध भन्दा बढी महŒवपूर्ण हुन नदिएर । जब दबाव आउँछ, तपाईं एक अर्कालाई धैर्य र कोमलतासाथ व्यवहारगर्न जारी राख्नुहुन्छ । अनि जब सम्बन्धमा संघर्ष हुन्छ, तपाईं यसलाई जोगाउन काम गर्नुहुन्छ ।साँचो मित्रताका लाभहरू धेरै छन्, यसकारण मित्रता कायम राख्नुहोस् ।
आत्मिक भोजनः गन्ती १९–२१,, मत्ती ११:१०–१९, भजन १११ , हितोपदेश ३:२९–३०
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


