‘ती तिमीहरूका छोराछोरीहरू र नाति–नातिनाहरूलाई सिकाओ ।’ —व्यवस्था ४:९
प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने आमाबाबुलाई परमेश्वरले के भन्नुभयो पढौँः ‘तर होशियार बस र आफ्नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून् । ती तिमीहरूका छोराछोरीहरू र नाति–नातिनाहरूलाई सिकाओ’ (पद ९) । यहाँ क्रमबद्धरुपमा याद गर्नुहोस् । पहिले, ‘होशियार बस ।’ त्यसपछि, ‘ती तिमीहरूका छोराछोरीहरू र नाति–नातिनाहरूलाई सिकाओ ।’ तपाईंका छोराछोरीलाई प्रभाव पार्ने र आकार दिने तपाईंको क्षमता तिनीहरूसँग तपाईंको विश्वसनीयतामा आधारित छ । जब तपाईंले जिउनुहुने सिद्धान्तले आनन्द, शान्ति, शक्ति, दया, अनुशासन र सफलता उत्पन्न गर्छ, तपाईंका छोराछोरीले तपाईंलाई गम्भीरतापूर्वक लिन थाल्छन् । अनि तपाईंसँग अवसरको सीमित ढोका छ । प्रारम्भिक बाल्यकालमा सिक्न सकिने सिपहरू छन् जुन पछि धेरै कठिन बन्छन् । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि साना नानीहरूलाई उनीहरूले सुन्ने कुनै पनि भाषा सिकाउन किन यति सरल हुन्छ ? अनि उनीहरूको उच्चारणको आफ्नै अनौठौपन बिना नै उनीहरूले त्यसलाई पूर्ण रूपमा सिक्न सक्छन् । पन्ध्र वा त्योभन्दा धेरै वर्षपछि, उनीहरूलाई तिनै स्वरहरू उच्चारण गर्न लगाउने प्रयास गर्नु धेरै कठिन हुनेछ । यसलाई ‘फोनिम कन्ट्रयाक्सन’ वा ‘ध्वनी संकुचन’ भनिने प्रक्रियाद्वारा व्याख्या गरिएको छ । सानो बच्चाको श्वासनलीमा रहेको स्वरयन्त्रले उसले वा उसले प्रयोग गर्न सिकिरहेको कुनै पनि आवाज बनाउन आवश्यक आकार धारण गर्छ । त्यसपछि यसले ती स्थानहरूमा निश्चत आकार स्थापित गर्छ अनि पछिल्ला वर्षहरूमा अन्य स्वरहरू निकाल्न असम्भव वा चुनौतीपूर्ण बनाउँछ । आमाबाबुको नेतृत्वप्रति बच्चाको मनोवृत्ति उस्तै हुन्छ । यसकारण शिशु अवस्था र प्रारम्भिक वर्षहरूमा घरमा निरन्तर शिक्षा र दृढतासलाई निशर्त प्रेमद्वारा सन्तुलनमा राखेर उनीहरूको ‘इच्छालाई आकार दिनु’ आवश्यक छ । यदि तपाईंले त्यो अवसर गुमाउनुभयो भने, किशोरावस्थाका वर्षहरू आवश्यकभन्दा बढी कठिन बन्न सक्छन् ।यसकारण तपाईंसँग आफ्ना छोराछोरीलाई सकारात्मक प्रभावमा हुर्काउने अवसर सीमित मात्रै छ, त्यसको सदुपयोग गर्नुहोस् ।
आत्मिक भोजनः योएल १–३ मर्कूस ३:१–६ भजन ५६ हितोपदेश १०:१४–१६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



